site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उच्च अदालतका न्यायाधीश सिफारिस गर्न बसेको न्याय परिषद्को बैठक अनिर्णित

काठमाडौं । उच्च अदालतका न्यायाधीश सिफारिसका लागि बसेको न्याय परिषद्को बैठक बिनानिष्कर्ष टुंगिएको छ ।

यसअघि भदौ २१ मा बसेको न्याय परिषद् बैठकले २७ न्यायाधीश सिफारिस गरेका थियो । ५६ जना न्यायाधीश रिक्त रहेको उच्च अदाचलतमा अझै २९ न्यायाधीशको पद रिक्त छ ।

रिक्त न्यायाधीशको पदपूर्तिका लागि शुक्रबार बसेको परिषद् बैठक कुनै निर्णय नगरी स्थगित भएको न्याय परिषद्का सदस्य वरिष्ठ अधिवक्ता रामकुमार श्रेष्ठले जानकारी दिए ।

“आजको बैठकबाट कुनै पनि निर्णय भएको छैन,” उनले भने ।

श्रेष्ठले निर्णय हुन नसक्नुको कारणबारे खुलाएनन् । तर, स्रोतका अनुसार न्याय परिषद्‌मा न्यायाधीशहरूको नियुक्ति सिफारिसमा सहमति नजुट्दा बैठक निर्णय नै नगरी स्थगित भएको हो ।

जिल्ला न्यायाधीश, विशिष्ठ श्रेणीका न्याय सेवाका अधिकृत र कानुन व्यवसायीबाट न्यायाधीशको पदपूर्ति गर्ने भनिएकोमा पहिलो चरणमा जिल्ला न्यायाधीश र न्याय सेवाका अधिकारी मात्र सिफारिस गर्ने र कानुन व्यवसायीको कोटा खाली राखेर पछि सिफारिस गर्ने भनिएपछि परिषद्‌मा सहमति नजुटेको बताइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०  १८:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro