site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्रीले गरे मोरङ व्यापार संघ एक्स्पोको उद्घाटन 

विराटनगर । कोसी प्रदेशको राजधानी विराटनगरमा मोरङ व्यापार संघ एक्स्पो २०२३ सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार एक कार्यक्रमबीच एक्स्पोको उद्घाटन गरे ।

यही पुस १६ गतेसम्म चल्ने एक्स्पोमा औद्योगिक र कृषि उत्पादनसँग सम्बन्धित स्टल राखिएको छ । एक्स्पोमा पाकिस्तानको लेदर सामग्री बिक्रीकक्ष, बंगलादेशको गार्मेन्ट उद्योगका लत्ताकपडाको स्टल राखिएको छ ।

यस्तै, भारतको अत्याधुनिक कृषि प्रविधिमा उत्पादित सामग्रीको बिक्री स्टल र नेपालको हिमाल, पहाड र तराई–मधेसका औद्योगिक उत्पादन राखिएको छ । 

मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले नेपाल, भारत, पाकिस्तान र बंगलादेश गरी चार देशका २०० भन्दा बढी स्टल राखिएको बताए । उनले भने, “व्यापार प्रवर्द्धन गर्न एक्स्पो सहयोगी हुनेछ ।”

एक्स्पोमा राष्ट्रियस्तरका कलाकारले दैनिक प्रस्तुति समेत दिने रिजालले जानकारी दिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०  १६:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro