site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
डाबर नेपालले जलन पीडितका लागि गर्‍यो २५ लाख सहयोग

काठमाडौं । डाबर नेपालले 'बर्न इन्जुरीजको रोकथाम तथा उपचारका लागि राष्ट्रिय कार्यक्रम (एनपीपीटीबीआई)'लाई सहयोग गर्ने संस्था ईजी हेल्थकेयर फाउन्डेसन (ईएचसीएफ) सँग साझेदारी गरेको छ ।

डाबर नेपालले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तगर्त जलनसम्बन्धी रोकथाम तथा उपचारमा मद्दत गर्न ईएचसीएफसँग सहकार्य गरेको बताएको छ ।

Argakhachi Cement Island Ad

डाबर नेपालले सीएसआर पहल अन्तर्गत ईएचसीएफलाई २५ लाख रुपैयाँ प्रदान गरेको हो ।

यसै डिसेम्बर १५ मा काठमाडौंमा आयोजित एक कार्यक्रममा डाबर नेपालकी अध्यक्ष एवं एमडी इश्वरी राणा, नेपाल तथा म्यानमारका लागि बिजनेस हेड हरकिरत बेदीले ईएचसीएफका अध्यक्ष अखिल शाक्यलाई चेक हस्तान्तरण गरेका हुन् ।

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  १९:२३
प्रतिक्रिया दिनुहोस्