site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट : मधेसलाई हराउँदै वाग्मतीको सुखद सुरुआत

काठमाडौं । मधेस प्रदेशविरुद्ध २८ रनको जित निकाल्दै वाग्मती प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुखद सुरुआत गरेको छ ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा वाग्मतीले प्रस्तुत गरेको ११८ रनको लक्ष्य पछ्याउने क्रममा मधेसले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर ८९ रनमात्र बनाउन सक्यो । 

Dabur Nepal
NIC Asia

मधेसकी पुजा महतोले ३५ रन बनाइन् । अनुराधा चौधरीले २१ र प्रतिमा साहले १५ रन जोडिन् । यसबाहेक, अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

वाग्मतीकी अस्मिना कर्माचार्यले दुई र मनिषा उपाध्यायले एक विकेट लिइन् । 

त्यसअघि टस हारेर ब्याटिङमा आएको वाग्मतीले निर्धारित २० ओभरमा चार विकेट गुमाएर ११७ रनको योगफल खडा गरेको थियो । 

वाग्मतीबाट अर्धशतक बनाउन तीन रनले चुकेकी यसोदा विष्टले ४७ रन बनाइन् । कप्तान अस्मिानले ३० र हेलिशा गुरुङले १२ रन थपे ।

मधेसकी पुजा महतोले दुई र कविता गौतमले एक विकेट लिइन् ।

आजदेखि सुरु भएको प्रतियोगितामा कुल आठ टिमको सहभागिता छ । राउन्ड रोबिन लिग पद्धतिमा सञ्चालित प्रतियोगिताको शीर्ष चार टिम प्लेअफमा प्रवेश गर्नेछन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  १२:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro