site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंको तापक्रम यो वर्ष अहिलेसम्मकै कम, तराईमा हुस्सु र कुहिरो
फाइल तस्बिर

काठमाडौं । काठमाडौंमा आज यो वर्षको हालसम्मको न्यून तापक्रम मापन गरिएको छ । बिहान साढे ६ बजे ४.८ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ । 

“यो वर्षका लागि आजको तापक्रम अहिलेसम्मकै न्यून हो । पौने ९ बजे यो भन्दा पनि तापक्रम घट्न सक्छ,” मौसमविद् सञ्जिव अधिकारीले बाह्रखरीसँग भने । काठमाडौंको तापक्रम दिउँसो १७ देखि १९ डिग्री सेल्सियसको बीचमा रहनेछ । हिजो बिहान पौने ९ बजे काठमाडौंको तापक्रम ५ डिग्री सेल्सियस थियो । 

काठमाडौंमा आज बिहान पाँच किलोमिटर भिजिविलिटी रहेको छ । ९ बजेसम्म काठमाडौंमा लागेको हुस्सु तथा कुहिरो हट्ने उनको भनाइ छ । 

उनका अनुसार आज बिहान लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ । बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ । 

मौसमविद् अधिकारीले दिउँसो देशभर आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने बताए ।   

उनले राति देशभर आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने बताए । आज वर्षा र हिमपातको सम्भावना छैन । पश्चिमी वायुको आंशिक प्रभाव रहेका कारण वर्षा र हिमपात नहुने भएको हो । 

तराईका विभिन्न भू–भागमा लागेको हुस्सु तथा कुहिरो दिउँसोसम्म हट्ने मौसमविद् अधिकारीले जानकारी दिए । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  ०६:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro