site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लेखा समिति सभापतिले भने– सरकारी 'सुन्ड मुसन्ड'ले एनसेलमा विषयान्तर गर्न खोजे 

काठमाडौं । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले एनसेल प्रकरणमा राज्य व्यवस्था तथा सुशासन समितिले पनि छलफल चलाएपछि आक्रोश व्यक्त गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत् आक्रोश व्यक्त गर्दै भनेका छन्, “सरकारी सुन्ड मुसन्डहरू सार्वजनिक लेखा समितिले गरेको एनसेल भ्रष्टाचार काण्ड सम्बन्धी निर्णयलाई र सरकारलाई दिएको दबाबलाई कमजोर बनाउन र भ्रष्टाचार छोप्न, आफ्नो कार्यक्षेत्रभन्दा बाहिर विभिन्न संसदीय समितिहरुमार्फत् विषय बंग्याउने र जनतालाई भ्रम छर्ने कामको खेद व्यक्त गर्दछु र जनतालाई सचेत हुन अपिल गर्दछु ।”

उनले मंगलबार अर्को समितिले यस विषयमा छलफल चलाएको भन्दै आक्रोश व्यक्त गरे ।

उनले बाह्रखरीसँग थप कुरा गर्दै भने, “लेखा समितिले नै यो विषयमा सार्वजनिक गरेर सरकारलाई छानबिन गर्न भन्यो, ३० दिनभित्र छानबिन गरेर यथार्थ विवरण पेस गर्नू भन्यो । कानुनमा लुप होल छन् भने हिउँदे अधिवेशनमा विधेयकमार्फत् नै टाल्ने काम गर्नुपर्छ भनेर स्पष्ट भनेको छ ।”

उनले सरकारले भोलिपल्टै समिति बनाएकोमा धन्यवाद पनि भनिसकेको उल्लेख गर्दै भने, “तर एउटा समितिले थालेको काम अर्को समितिले आफ्नो कार्यक्षेत्रसमेत ख्याल नगरी प्रधानमन्त्रीसहितलाई बोलाउने र अनि प्रधानमन्त्री त्यहीँ गएर यस्तो प्रस्तुति दिने कुराले सरकारी प्रायोजनमा समिति चल्न थालेको देख्न थालियो । यो भ्रष्टाचार र भ्रष्टाचारी दुवैलाई ढाकछोप गर्ने षडयन्त्र हो ।”
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  ११:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro