site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राप्रपाले बहिष्कार गरेको संसद् बैठकको भत्ता नलिने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले बहिष्कार गरेको संसद् बैठकको भत्ता नलिने भएका छन् । राप्रपाको संसदीय दलको बैठकले हिजो (असार १ गते)को बैठकमा सहभागी भएबापत प्राप्त हुने भत्ता नलिने निर्णय गरेको पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जानकारी दिएका छन् ।

राप्रपाले संघीय संसद् सचिवालयलाई पत्र लेखेर असार १ गतेको बैठक भत्ता उपलब्ध नगराउन आग्रह गरेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

भिजिट भिसा प्रकरणलाई लिएर संसद् अवरुद्ध हुँदा पनि सभामुखले संसद् बैठक चलाएपछि राप्रपाले बैठक नै बहिष्कार गरेको थियो ।

Bhatta-(2)-1750053285.jpg
 

प्रकाशित मिति: सोमबार, असार २, २०८२  ११:४३
प्रतिक्रिया दिनुहोस्