site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
माओवादीको पदाधिकारी बालुवाटारमा 
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बालुवाटारमा भेला भएका छन् । पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफलका लागि बालुवाटार पुगेका हुन् । 

प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले बालुवाटारमा पदाधिकारी बैठक नभएर उपलब्ध नेताहरूसँगको अनौपचारिक छलफल भएको बताए । 

“पदाधिकारी बैठक त पेरिसडाँडामा नै बस्छ । काठमाडौंमा उपलब्ध नेताहरूसँग अनौपचारिक छलफल हो,” उनले भने । 

माओवादीको केन्द्रीय कार्यालयका मुख्यसचिव तथा कोषाध्यक्ष श्रीराम ढकालले भने आज पदाधिकारी बैठक राखिएको बताएका थिए । राष्ट्रियसभा निर्वाचन, पार्टीको रुपान्तरण अभियानबारे छलफल हुने बताइएको छ ।
 

प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  १५:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro