site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नेपालले प्रदेश धान्न सक्दैन, खारेज गर्नुपर्छ : अध्यक्ष केसी
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रदेश खारेज गर्नुपर्ने बताएका छन् । मंगलबार बुटवलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । अध्यक्ष केसीले संघीय प्रणाली असाध्यै खर्चिलो भएको र संघीय प्रणाली बोक्नुमा नेताहरूमात्रै नभइ नेपाली जनता पनि उत्तिकै दोषी रहेको बताए ।

उनले संघीयताका कारणले ८८४ सांसद र १३८ मन्त्रीहरू पाल्नुपरेको बताए । सरकारले सेना, प्रहरीको तलब र वृद्धभत्ता दिन नसक्ने भनिरहेको बेलामा यति धेरै सांसद र मन्त्रीहरूलाई कसरी पाल्न सक्छ भन्दै प्रश्न गरे । 

उनले संघीयता काम नलाग्ने रहेछ भन्नेकुरा सबैले अहिले महसुस गर्न थालेको स्पष्ट पारे । प्रदेश खारेज गरी प्रदेशमा हुने खर्च नगरपालिका र गाउँपालिकामा पठाउनुपर्ने बताए । 

अध्यक्ष केसीले भने, "अर्थतन्त्र कमजोर छ, संघीय प्रणाली असाध्यै खर्चिलो छ । त्यसकारण भुगोल, शासक, प्रशासक, अर्थतन्त्रको कारणले संघीयता प्रणाली यो मुलुकमा काम नै छैन । संघीयतामा जानको लागि राजनीतिक पार्टीहरुमात्रै दोषी छैनन्, यसमा अन्तर्राष्ट्रिय शक्तिले दबाब दिए, फसे । जनताले पनि बुझ्न सकेनन् । संघीयता आएपछि सिंहदरबारको अधिकार गाउँगाउँमा जाने भनेर जनता अल्मलिए । संघीय प्रणाली बोक्नुमा नेताहरुमात्रै नभइ नेपाली जनता पनि मञ्जुर भएका हुन् । पश्चिमा शक्तिहरुले धेरै पहल गरेका थिए । अहिले सबैलाई महसुस भएको छ । प्रदेश खारेज गर्नुपर्छ, प्रदेशमा हुने खर्च नगरपालिका र गाउँपालिकामा पठाउनुपर्छ । संघीय प्रणालीको औचित्य नभएको कुरा व्यवहारले स्पष्ट पारेको छ ।"

अध्यक्ष केसीले नेपालमा लोकतान्त्रिक गणतन्त्रको विकल्प नरहेको बताए ।

प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  १३:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro