site stats
बाह्रखरी :: Baahrakhari
देश
‘१२ सय किलो’ प्याजसहित गाडी नियन्त्रणमा
फाइल तस्बिर ।

काठमाडौं । मकवानपुर प्रहरीले ‘१२ सय किलो’ प्याजसहित गाडी नियन्त्रणमा लिएको छ । मंगलबार बिहान करिब पौने ५ बजे हेटौँडा उपमहानगरपालिका–१५, रातोमाटेबाट उक्त गाडी नियन्त्रणमा लिइएको वाग्मती प्रदेश प्रहरी कार्यालयले जानकारी गराएको छ ।

प्याज ‘लोड’ गरिएको म.प्र.०३–००१च ७७८० नम्बरको बोलेरो पिकअप गाडी सर्लाहीबाट काठमाडौंतर्फ आउँदै थियो । उक्त प्याजको बिलमा १२ किलो र मूल्य ५५ हजार ८०० रुपैयाँ उल्लेख रहेको प्रहरीले जनाएको छ ।

बिलका विषयमा शंका लागेर प्याससहित गाडीलाई नियन्त्रणमा लिई प्रहरीचौकी रातोमाटेमा राखिएको जानकारी गराइएको छ ।

प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  १०:५८
प्रतिक्रिया दिनुहोस्