site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
लगानी जुटाउँदै सगुन, ५० लाख लक्ष्यमा ३२ लाख डलर उठ्यो
Sarbottam CementSarbottam Cement

काठमाडौं । संखुवासभाको खाँदबारीमा जन्मिएर अध्ययनको सिलसिलामा २५ वर्षअघि गोविन्द गिरी अमेरिका पुगेका थिए । त्यहाँ उनले अमेरिकी सरकारका विभिन्न विभागहरुमा  काम गर्ने मौका पाए । कम्प्युटर साइन्स अध्ययन गर्न त्यहाँ पुगेका उनले एजुकेसन अफ डिपार्टमेन्टमा दुई वर्ष र आर्मी डिपार्टमेन्टमा करिब १२ वर्ष काम गरे । 

कामका क्रममा उनले के महसुस गरे भने विकसित मुलुकका ‘गोरा’हरुले मात्र विश्व प्रविधि बजारमा एकछत्र राज गरिरेहका रहेछन् । सामाजिक सञ्जाल फेसबुकदेखि अन्य ठूला सबै टेक कम्पनीहरुमा उनीहरुकै बाहुल्य छ । उनले सोचे– नेपालीहरुले पनि सामाजिक सञ्जाल किन खोल्न सक्दैनन् ? यो सोचलाई मूर्त रूप दिन उनले जागिर छाडे र नयाँ सामाजिक सञ्जाल खोले सगुनडटकम । 

“विश्वमा भएका नेपालीहरुको लगानीलाई एकीकृत गरेर गुगल, ट्वीटर, फेसबुकजस्तै नयाँ सामाजिक सञ्जालको रुपमा सगुन इन्कको विकास गरिएको छ,” गिरी भन्छन्, “यसमा नेपालबाहिर विश्वभर छरिएर बसेका नेपालीहरुले लगानी गर्न सक्छन् ।” नेपालीलाई प्रविधि क्षेत्रमा नयाँ उचाइका साथ चिनाउने एउटैमात्र लक्ष्य रहेको उनी बताउँछन् । विदशमा बस्ने नेपालीका लागि आफू उच्च जोखिमको साथै ठूलो सम्भावना लिएर आएको उनको भनाइ छ । 

Prabhu Bank
Agni Group
NIC Asia

अहिले सगुनको मुख्य कार्यालय अमेरिकाको भर्निजियामा छ भने भारतको फरिदाबाद र काठमाडौंमा पनि कार्यालय खोलिएको छ । “लगानी संकलन भइरहेको छ । अहिले दोस्रो पटक ‘मिनी आइपिओ’ खुलेको छ । नोभेम्बर ३० मा म्याद सकिँदैछ । अहिले दैनिक करिब ८० जनाले लगानी गरिरहेका छन् । गएको जनवरीमा पहिलो आइपिओ खुलाएका थियौं,” सगुनका संस्थापक गिरीले भने, “विभिन्न देशमा रहेका नेपालीले डेबिट तथा क्रेडिट कार्डबाट लगानी गर्न सक्छन् ।” कम्पनीले यो वर्ष ५० लाख अमेरिकी डलर लगानी जुटाउने लक्ष्य राखेको छ । हालसम्म ३२ लाख डलर संकलन भइसकेको बताइएको छ । २ हजारभन्दा बढी लगानीकर्ता तथा १० लाखभन्दा बढी प्रयोगकर्ता पुगेको संस्थापक गिरीले जानकारी दिए । 

सगुनले वर्षको ५ करोड अमेरिकी डलरसम्म लगानी जुटाउन सक्ने प्रावधान छ । यद्यपि कम्पनीले भने २ करोड डलरसम्मको मात्र स्वीकृति लिएको छ । “सुरुवातका दिनहरुमा गुगल, फेसबुक, ट्वीटरले सार्वजनिक रुपमा लगानी संकलन गर्न पाउँदैनथे । त्यस्तो कानुन नै बनेको थिएन । अहिले राम्रो अवसर आएको छ । सर्वसाधारणले पनि कम्पनीमा सेयर हाल्न सक्छन्,” गिरीले भने । मिनी आइपिओ खोल्नका लागि सगुनलाई यसै वर्ष अमेरिकी सरकारले स्वीकृति दिएको थियो । सगुन इन्कसमेत ग्लोबल कम्पनीको रुपमा अमेरिकामा दर्ता गरिएको छ ।

Global Ime bank

सगुनले डिसेम्बर दोस्रो हप्ता भारतबाट मोबाइल एप सार्वजनिक गर्ने बताएको छ । त्यस्तै, २०१९ मा ‘ट्रेडिङ’का लागि न्यूयोर्क स्टक एक्स्चेन्ज मार्केटमा लाने योजना रहेको बताइएको छ ।

कसरी र कहाँबाट लिने सेयर ?
कम्पनीले प्रतिसेयर मूल्य २३ डलर तोकेको छ । कम्पनीका अनुसार कम्तीमा पनि एक हजार डलर लगानी गर्नुपर्छ । नेपालबाट भने लगानी गर्न मिल्दैन । डेबिट–क्रेडिट कार्डको माध्यमबाट इच्छुकले विश्वभरबाट लगानी गर्न सक्छन् । यसप्रकारको आइपिओ खोल्न अमेरिका सरकारले सर्वप्रथम सगुनलाई स्वीकृति दिएको संस्थापक गिरीको भनाइ छ । अहिले कम्पनीको मूल्यांकन ९ करोड ३० लाख अमेरिकी डलर निर्धारण गरिएको छ । लगानीकर्ताले कम्पनीको सेयर खरिद ब्रोकर, डिलर वा ट्रान्सफर एजेन्टको माध्यमबाट गर्नुपर्छ ।

अमेरिकी सरकारलले निर्धारण गरेको मापदण्ड पुगेका एजेन्सी तथा ब्रोकरहरुले सगुनको लागि एकाउन्ट खरिद गरेका हुन्छन् । तिनै एजेन्ट तथा ब्रोकरमार्फत नेपालबाहेक जुनसुकै देशबाट नेपालीहरुले लगानी गर्न सक्नेछन् । लगानी कानुसम्मत भएको यकिन भएपछि सगुनको एकाउण्टमा ट्रान्सफर गरिन्छ । त्यसपछि लगानीकर्तालाई कम्पनीले प्रमाणपत्र उपलब्ध गराउँछ । 

व्यक्तिगत लगानीकर्ताले वार्षिक आयको १० प्रतिशतभन्दा बढी लगानी गर्न पाउँदैनन् भने संस्था तथा कम्पनीको हकमा लगानीको दायरा खुला छ ।
कम्पनीले आगामी वर्ष ‘सोसियल स्मार्टकार्ड’ सार्वजनिक गर्ने तयारी गरिरहेको छ । अमेरिकामा सिलिकन भ्यालीसँग पनि सोसियल स्मार्टकार्डको सोच नभएको संस्थापक गिरीको दाबी छ । उनका अनुसार उक्त कार्ड मोबाइलमा राख्न सकिन्छ र यसबाट विभिन्न अनलाइन कारोबार गर्न सकिन्छ ।

लगानीका लागि यहाँ क्लिक गर्नुस्

भिडियाे

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २६, २०७४  १६:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय