site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
यातायातमन्त्रीको दाबी : काठमाडौं उपत्यकामा अहिले खाल्डाखुल्डी छैनन्

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले काठमाडौं उपत्यका अहिले खाल्डाखुल्डीरहित बनेको दाबी गरेका छन् ।

सोमबार ललितपुर महानगरपालिकाको १०५औँ स्थापना दिवसको अवसरमा महानगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका कुनैपनि सडकमा अहिले खाल्डाखुल्डी नदेखिने बताए ।

Dabur Nepal
NIC Asia

उनले तीन तहकै सकारले एकआपसमा समन्वय, सहकार्य र सहअस्तित्व गरेर अघि बढ्ने हो भने विकास निर्माणको पूर्वाधारको क्षेत्रमा धेरै अघि बढ्न सकिने बताए । तीन तहका सरकारको बीचमा राम्रो समन्वय, सहकार्य हुन आवश्यक रहेको र सरकार त्यसका लागि तयार रहेको उनको भनाइ थियो । 

“तीन तहकै सरकारले एकआपसमा समन्वय, सहकार्य र सहअस्तित्व गरेर अघि बढ्ने हो भने विकास निर्माणको पूर्वाधारको क्षेत्रमा, कृषि, खानेपानी, फोहोर व्यवस्थापन, खोलाको समस्याको समाधानको क्षेत्रमा समस्या समाधान गर्न सकिन्छ । तीन तहका सरकारको बीचमा राम्रो समन्वय, सहकार्य हुनुपर्छ । त्यसका लागि नेपाल सरकार तयार छ,” मन्त्री ज्वालाले भने, “काठमाडौं उपत्यका अहिले खाल्डाखुल्डीरहित बनेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका कुनैपनि सडकमा अहिले खाल्डा देख्न सक्नुहुन्न । बाँकी कहीँ कतै छ भने त्यसको मर्मत गर्न प्रतिबद्ध छौँ ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २, २०८०  १२:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro