site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
एसईईको तयारीमा रहेकी किशोरीको प्रधानमन्त्रीलाई खुलापत्र– मैले परीक्षा दिन नपाउने ? 
SkywellSkywell

काठमाडौं । काठमाडौंको एक सामुदायिक विद्यालयकी एक किशोरी जन्मदर्ता नहुँदा एसईईको परीक्षाबाट बञ्चित हुने भएकी छन् ।

उनले एसईईको फारम भर्नका लागि जन्मदर्तासमेत नभएको हुँदा त्यसबाट बञ्चित हुने स्थितिमा पुगेपछि प्रधानमन्त्रीलाई पत्र लेखेर समस्या समाधानको पहल गर्न अनुरोध गरेकी छन् ।

बाह्रखरीलाई प्राप्त पत्रमा उनले भनेकी छन्, “मेरो जन्मदर्ता प्रमाणपत्र बनेको छैन । जन्मदर्ता गराउन मेरा बाबा आमाले धेरै प्रयास गर्नुभयो तर हुन सकेको छैन । विद्यालयले एसईईको फारम भर्न जन्मदर्ता प्रमाणपत्र चाहिन्छ भनेको छ ।”

Dabur Nepal
NIC Asia

उनले आफ्नो जन्म प्रमाणपत्र किन नबनेको भनेर पनि स्पष्ट पारेकी छन् ।

उनले लेखेको पत्रमा उल्लेख छ, “मेरा बा मेरी आमाका दोस्रा श्रीमान् हुनुहुन्छ । मेरी आमाका पहिला श्रीमान‍्को निधन भएपछि दोस्रा श्रीमान् (मेरा बा) बाट मलाई जन्माउनुभएको हो । मलाई जन्म दिने बा को पहिली श्रीमती पनि हुनुहुन्छ । मेरी आमाको नागरिकता प्रमाणपत्रमा उहाँका दिवंगत श्रीमान‍्को नाम छ । वडा कार्यालयमा मेरा बा आमाको नागरिकता प्रमाणपत्र देखाउँदा बुबाको नाम मिलेन भनियो । मेरा बुबा आमाको बिहे दर्ता भएको छैन । बिहे दर्ता गराउन बुबाकी पहिली श्रीमतीको स्वीकृति खोजियो । बुबाले त्यस्तो स्वीकृति पाउन सक्नु भएन । बाबुआमाको बिहे दर्ता भएन । आमाको नागरिकतामा उहाँका दिवंगत पतिको नाम छ ।”

उनले यही कारण देखाएर वडा कार्यालयले जन्म दर्ता नगराइदिएको र आफ्ना तीन जना भाइ बहिनीको अवस्था पनि त्यस्तै रहेको उल्लेख गरेकी छन् ।
उनले प्रधानमन्त्रीसँग केही प्रश्न पनि अघि सारेकी छन् ।

“म र मेरा भाइ बहिनी जन्मनु हाम्रो दोष हो ?,” उनको प्रश्न छ, “हाम्रा बुबा आमाको दोष हो भने त्यसको सजाय हामीलाई किन ? हामी यो देशको नागरिक बन्नबाट बञ्चित हुनुपर्ने हो ? मैले एसईई दिन नपाउने हो ? हामीलाई जन्म दिने हाम्री आमा झुठ हुन् ?”

उनले जन्मनु र मर्नु प्राकृतिक प्रक्रिया हो भन्नेमा प्रधानमन्त्री सहमत हुनेमा विश्वास राख्दै प्रश्न गरेकी छन्, “जन्मनु र मर्नु प्राकृतिक प्रक्रिया हो भन्नेमा सम्माननीय प्रधानमन्त्री सहमत हुनुहुन्छ भन्ने मेरो विश्वास छ । मेरो विश्वास सही हो भने प्रकृतिको नियमअनुसार राज्य चल्ने हो कि राज्यले बनाएको नियमअनुसार प्रकृति चल्नुपर्ने हो ? आमाको नामबाट नागरिकता प्रमाणपत्र बन्छ भने जन्म दर्ता किन बन्दैन ?”

यस्तो छ उनले लेखेको पत्र–

letter1-1702879937.JPG

letter2-1702879937.JPG

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २, २०८०  ११:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu