site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौंको सतुङगलमा आगलागी

काठमाडौं । काठमाडौंको सतुङगलमा आगलागी भएको छ । आज बिहान ५ः२५ बजे चन्द्रागिरि नगरपालिका–११ सतुङगल चोकस्थित कपडा पसल तथा कम्प्लेक्समा विधुत् सर्ट हुँदा आगलागी भएको हो । 

६ वटा दमकलसहति नेपाल प्रहरी र सशस्त्र प्रहरीले आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । क्षतिको विवरण आउन बाँकी रहेको सशस्त्र प्रहरी बलले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२  ०८:३१
प्रतिक्रिया दिनुहोस्