site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
ग्लोबल आइएमई बैंकका अध्यक्ष ढकालले लिए शपथ 

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइतबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष समेत रहेका ढकाल बैंकको हालै सम्पन्न १७औँ वार्षिक साधारणसभाबाट सञ्चालक समिति सदस्य र नवनिर्वाचित सञ्चालक समितिको पहिलो बैठकबाट अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

शपथग्रहण कार्यक्रममा अध्यक्ष ढकालले रेमिट्यान्स सेवा प्रदान गर्ने सानो कम्पनीका रूपमा स्थापित आइएमई नै आजको ग्लोबल आइएमई बैंकको अवस्थासम्म आइपुगेको स्मरण गरे । ग्लोबल आइएमई मुलुकको सबैभन्दा ठूलो र सबल एवं सक्षम बैंक बन्न सफल भएको उनले बताए । 

ग्लोबल आइएमई बैंकलाई अहिलेको अवस्थासम्म ल्याइपुर्‍याउन राष्ट्र बैंक र यसको नेतृत्वले पुर्‍याएको सहयोगको पनि उनले स्मरण गरे । उनले बैंकिङ क्षेत्रलाई थप विस्तार गर्न भविष्यमा पनि यस किसिमको सहयोग आवश्यक रहने बताए ।

ढकालले नवनिर्वाचित सञ्चालकहरूलाई आजै शपथ गराएका छन् । ग्लोबल आइएमई बैंकको १७औँ वार्षिक साधारणसभाबाट संस्थापक सेयरधनीमध्ये ढकाल, रामबहादुर भण्डारी र राधेश पन्त तथा सर्वसाधारण सेयरधनीका तर्फबाट कृष्णप्रसाद शर्मा, नारायणप्रसाद पौडेल र मदनलाल जोशी सञ्चालक समितिमा सर्वसम्मत निर्वाचित भएका थिए ।

प्रकाशित मिति: आइतबार, पुस १, २०८०  १७:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro