राजनीति
काठमाडौं । तत्काल मन्त्रिपरिषद् फेरबदल गर्ने कुनै तयारी नभएको स्पष्ट पारिएको छ ।
आइतबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बाहिर चर्चा भएजस्तो मन्त्रिमण्डल फेरबदलको तयारी नभएको बताइन् ।
उनले सो विषयमा गठबन्धन र राजनीतिक दलका बीचमा छलफल नभएको जिकिर गरिन् ।
“मिडिया र बाहिर चर्चामा आएजस्तो गठबन्धन र राजनीतिक पार्टीभित्र मन्त्रिपरिषद् फेरबदल गर्ने कुनै छलफल भएको छैन,” उनले भनिन्, “यो विषयमा कुनै छलफल भएको छैन । आवश्यकताअनुसार यस्तो हुनै हुन्न, हुनै सक्दैन भन्ने वा हुनु हुँदैन भन्ने हुँदैन ।”
प्रकाशित मिति: आइतबार, पुस १, २०८० १६:५७
प्रतिक्रिया दिनुहोस्