विदेश
काठमाडौं । लिबियाको तटमा डुंगा दुर्घटना हुँदा ६० भन्दा बढी आप्रवासी बेपत्ता भएको अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम)ले जनाएको छ ।
डुंगा दुर्घटनामा बाँच्न सफलहरूलाई उद्धृत गर्दै संयुक्त राष्ट्र संघीय एजेन्सीले लिबियाको जुवारा सहरबाट यात्रा सुरु गरेको पानी जहाजमा ८६ जना सवार रहेको बताएको छ ।
ठूलो छालले डुंगा बगाएको र बालबालिकासहित ६० आप्रवासी बेपत्ता भएको बताइएको छ ।
भूमध्यसागर पार गरेर युरोप प्रवेश गर्न खोज्ने आप्रवासीका लागि लिबिया मुख्य प्रस्थान विन्दु बनेको छ ।
प्रकाशित मिति: आइतबार, पुस १, २०८० ११:२३
प्रतिक्रिया दिनुहोस्