site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेसका मन्त्रीको काममा प्रश्न उठाउने ठाउँ छैन : अर्थमन्त्री महत 

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता समेत रहेका अर्थमन्त्री डा. प्रकाशशरण महतले पार्टीका तर्फबाट सहभागी मन्त्रीहरूको कामबारे कसैले प्रश्न उठाउने ठाउँ नरहेको दाबी गरेका छन् । 

शुक्रबार पार्टीको कार्यसम्पादन समितिको बैठकपछि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसका मन्त्रीले काम गरेनन् भनेको आफूले कतै नसुनेको बताए । 

“पार्टीको तर्फबाट सरकारमा गएका छौँ । प्राथमिकताका साथ काम गरेका छौँ । काममा प्रश्न उठाउने ठाउँ छैन । प्रधानमन्त्रीसँग हाम्रो नियमित समीक्षा भइराख्छ । मलाई थाहा छैन नेपाली कांग्रेसका मन्त्रीले काम गरेनन् भनेको मैले कहीँ सुनेको छैन,” उनले भने । 

उनले अर्थतन्त्र सुधार भइरहेको बताए । जग्गा कारोबार, पर्यटन बढेको भन्दै अर्थतन्त्रले लय समातेको बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  १४:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro