site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
अध्यागमनका कर्मचारीलाई बिचौलियाले बुझाउँछन् दैनिक करोड रूपैयाँ ! 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नक्कली कागजातका आधारमा भिजिट भिसामा विदेश पठाउने गिरोहसँग मिलेमतो गरेको आरोपमा बुधबार विमानस्थलस्थित अध्यागमन विमागकै कमर्चारी पक्राउ परे ।

प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विभागका अधिकृत नरवीर खड्कालाई पक्राउ गरेको थियो । उनीबाहेक प्रहरीले नेपाल एयरलाइन्सका अधिकृत होम पोखरेल र अरविन यादवलाईसमेत पक्राउ गरेको छ । 

पक्राउ परेकाहरुलाई प्रहरीले बुधबार सार्वजनिक गरिसकेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रहरीको अनुसन्धानले अध्यागमन र विभिन्न एयरलाइन्सका कर्मचारीकै मिलेमतोमा नक्कली कागजात बनाएकाहरूलाई भिजिट भिसामा खाडी मुलुक पठाउने गरेको खुलाएको हो । 

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पछिल्लो समय नक्कली कागजातका आधारमा भिजिट भिसामा विदेश जानेमाथि निगरानी बढाएको छ । यसअघि प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले अनुसन्धान गर्ने गरेको थियो । 

Global Ime bank

तर असोजदेखि भने ब्यूरोको टोलीलाई हटाएर अपराध अनुसन्धान कार्यालयको टोलीले गर्न थालेको हो । एक महिनाको अवधिमा प्रहरीले ट्राभल, कन्सल्टेन्सी र म्यानपावरका सञ्चालकहरू धमाधम पक्राउ गर्न थालेका छन् ।

हालसम्म पक्राउ पर्नेको सख्या ३२ पुगेको छ । त्यसरी पक्राउ पर्नेमा दुईजना प्रहरी जवानसमेत छन् । 

अध्यागमनका कर्मचारीलाई दैनिक एक करोड रुपैयाँ घुस

नक्कली कागजातका आधारमा भिजिट भिसामा जानेहरूबाट अध्यागमन विभागका कर्मचारीले घुमाउरो बाटोबाट रकम लिने गरेको खुलेको छ ।  पक्राउ परेका अधिकृत खड्कामाथि केन्द्रित गरेको अनुसन्धान थप अन्य कर्मचारीसम्मै पुग्ने आशंका गरिएको छ ।

कार्यालयले नक्कली भिजिट भिसाबारे अनुसन्धान गर्न डीएसपी गोविन्द पन्थीको नेतृत्वमा टोली खटाएको छ ।  उक्त टोलीले अध्यागमनका कर्मचारीदेखि एयरलाइन्सका कर्मचारीसमेत पक्राउ गर्न सफल भएको हो ।

अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीका अनुसार, अध्यागमन विभागका कर्मचारीले यात्रुको सहजीकरण गर्ने भन्दै आन्तरिक समिति बनाएर घुस लिने गरेको खुलेको छ ।

अनुसन्धानमा खटिएका ती अधिकारीले भने, “अध्यागमनका कर्मचारीले नक्कली कागजातका आधारमा विदेश जानेहरुबाट प्रतिव्यक्ति दैनिक ४० देखि ५५ हजार रुपैयाँ लिने गरेको देखिन्छ । त्यसका लागि उनीहरुको छुट्टै समिति बनेको देखिन्छ ।”

प्रहरीका अनुसार, बिचौलियाहरुले नक्कली भिजिट भिसामा जानेहरुबाट कागजात र अध्यागमको सेटिङका लागि रकम माग गर्ने र उक्त रकम बिचौलियामार्फत् अध्यागमनका कर्मचारीसम्म पुग्ने गरेको हो ।

प्रहरीको अनुसन्धानले नक्कली कागजातका आधारमा दैनिक दुई सय ५० जना भन्दा बढी नेपाली भिजिट भिसामा खाडी मुलुक जाने गरेको खुलाएको छ । त्यसरी जानेहरुबाट अध्यागमनका कर्मचारीले प्रतिव्यक्ति ४० देखि ५५ हजार रुपैयाँ उठाउने गरेका हुन् ।

त्यो भनेको दैनिक एक करोडभन्दा बढी हुन आउँछ । 

प्रहरीको अनुसन्धानबाट अध्यागमनका कर्मचारीले पहिलो पटक अवैध तरिकाले भिजिट भिसामा जानेहरुको हकमा ५५ हजार र फर्किएर दोस्रो पटक जानेहरुको हकमा ४० हजार लिने गरेको खुलेको हो ।

पक्राउ परेका अध्यागमनका अधिकृत खड्काले रकम सबै कर्मचारीले बाँडफाँड गरेरै लिने गरेको बयान प्रहरीलाई दिएको एक अनुसन्धान अधिकृतले बाह्रखरीसँगको अनौपचारिक कुराकानीका क्रममा बताए ।

उनले प्रहरीसँगको बयानमा भनेका छन्, “म मात्रै होइन । सबै कर्मचारीले यसरी नै उठाएर बाँड्ने गर्थे । त्यही लोभमा परेर म पैसा लिन आएको हो । मेरो दिन बिग्रेको बेला पक्राउ परेँ ।”

अवैध तरिकाले भिजिट भिसामा पठाउने गिरोहले रकम अध्यागमनका कर्मचारीलाई बुझाउने गर्थे ।  प्रहरीका अनुसार, भिजिट भिसामा जानेहरूको लिस्ट बिचौलियाहरूले अध्यागमन विभागका कर्मचारीहरूलाई पहिला नै रकम बुझाउने गर्छन् ।

त्यही लिस्टका आधारमा ड्युटीमा रहेका कर्मचारीले नामको आधारमा कागजपत्र नहेरी पठाउने गरेको खुलेको हो । प्रहरीले पक्राउ गरेको अध्यागमनका अधिकृतसहित नेपाल एयरलाइन्सका कर्मचारीको सम्पत्ति शुद्धीकरणका लागिसमेत सम्बन्धित कार्यालयलाई पत्राचार गर्ने तयारी गरेको हो ।

अध्यागमनका अधिकृत खड्का नौ महिनाअघिदेखि विमानस्थलमा कार्यरत थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  १३:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय