कला

काठमाडौं । चलचित्र ‘मनसरा’ निर्माण पक्षले पोस्टर सार्वजनिक गर्दै रिलिज डेट घोषणा गरेको छ । उपेन्द्र सुब्बाको निर्देशन रहने चलचित्र आउँदो वर्षको वैशाख २१ गते रिलिज हुनेछ ।
चलचित्रमा दयाहाङ राई र मिरुना मगर मुख्य भूमिकामा रहनेछन् । सार्वजनिक पोस्टरमा मिरुना फिचर्ड छिन् ।
‘जारी’ फेम्ड निर्देशक उपेन्द्र सुब्बाको चलचित्रमा दयाहाङ र मिरुनासँगै प्रवीण खतिवडा, मेनुका प्रधान तथा हेमन्त बुढाथोकीको अभिनय रहनेछ ।
निर्देशक सुब्बाकै लेखन रहेको चलचित्रमा सिजन दाहाल कार्यकारी निर्माता छन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८० १०:३७
प्रतिक्रिया दिनुहोस्