site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
स्थापनाको ७२ वर्षपछि परराष्ट्र मन्त्रालयमा पहिलो महिला सचिव
तस्बिर : लम्सालको फेसबुकबाट
Siddhartha BankSiddhartha Bank

काठमाडौं । सरकारले परराष्ट्र मन्त्रालयकी सहसचिव तथा प्रवक्ता सेवा लम्साललाई सचिवमा बढुवा गरेको छ ।  बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले लम्साललाई परराष्ट्र सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । 

सरकारको यो निर्णयसँगै स्थापनाको ७२ वर्षपछि परराष्ट्र मन्त्रालयले पहिलो महिला परराष्ट्र सचिव पाएको छ । उनी नेपालको २५औं परराष्ट्र सचिव बनेकी छन् ।  यसअघि परराष्ट्र सचिव भरतराज पौड्याल रहेका थिए । पौड्यालले ५८ वर्षे उमेरहदका कारण मंसिर १९ गतेबाट अवकास पाएपछि लम्साल नयाँ परराष्ट्र सचिव भएकी हुन् । 

आधुनिक नेपालको एकीकरणसँगै राजा पृथ्वीनारायण शाहका पालामा तत्कालीन तिब्बत तथा चीनसँगको वैदेशिक सम्बन्ध सञ्चालनका लागि जैसी कोठा स्थापना गरिएको थियो ।

Agni Group
NIC Asia

जैसी कोठा नेपालको हालको परराष्ट्र मन्त्रालयको प्रारम्भिक रूप थियो ।  त्यसपछि क्रमशः मुन्सीखाना तथा विदेश विभागका नाममा विदेश मामिला सम्बन्धी कार्यहरु सञ्चालन गर्दै आइएको थियो ।

२००७ सालमा राणा शासनको अन्त भइ देशमा प्रजातन्त्र स्थापना भएपछि २००८ साल (सन् १९५१) मा परराष्ट्र मन्त्रालयको स्थापना गरिएको थियो ।  परराष्ट्र मन्त्रालयको पहिलो सचिव प्रा. सरदार नारायणमणि आचार्य दीक्षित रहेका थिए । 

Global Ime bank

उनी स्न १९४८ देखि १९५३ सम्म परराष्ट्र सचिव रहेका थिए । त्यसपछि भरतराज पौड्यासम्म आइपुग्दा परराष्ट्र मन्त्रालयले २४ जना सचिव पाइसकेको छ ।  दीक्षितदेखि पौड्यालसम्म आइपुग्दा एकजना महिलाले पनि परराष्ट्र सचिवको जिम्मेवारी पाएका थिएनन् । 

स्थापना भएको ७२ वर्षपछि परराष्ट्र मन्त्रालयले लम्साललाई पहिलो महिला सचिवको रुपमा पाएको हो । 

परराष्ट्र मन्त्रालय स्थापना भएपछि क्रमसः प्रा. सरदार नारायणमणि आचार्य दीक्षित, प्रा. रामप्रसाद मानन्धर, मेजर जनरल शोभाग जंग थापा, नरप्रताप शम्शेर थापा, प्रा. सरदार यदुनाथ खनाल, मेजर जनरल पदमबहादुर खत्री, झरेन्द्रनारायण सिंह, भरतराज राजभण्डारी, उद्धव देव भट्ट, जगदिश शम्शेर जबरा, विश्व प्रधान, नरेन्द्र विक्रम शाह, यादवकान्त सिलवाल, केदारभक्त श्रेष्ठ, कुमार प्रसाद ज्ञवाली, मुरारी राज शर्मा, नारायण शम्शेर थापा, मधुरमण आचार्य, ज्ञानचन्द्र आचार्य, डा. मदन कुमार भट्टराई, दुर्गा प्रसाद भट्टराई, अर्जुनबहादुर थापा, शंकर दास बैरागी र भरतराज पौड्याल सचिव भएका थिए । 

हालसम्म परराष्ट्र सचिव भएकामध्ये प्रा. सरदार यदुनाथ खनाल र मेजर जनरल पदमबहादुर खत्रीले दुई–दुई पटक परराष्ट्र सचिवको जिम्मेवारी सम्हालेका छन् । 

को हुन् लम्साल ? 

पहिलो परराष्ट्र सचिव बनेकी सेवा लम्साल सचिवमा बढुवा हुनुअघि सन् २०२० देखि परराष्ट्रको संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय संस्था तथा अन्तर्राष्ट्रिय कानून महाशाखा प्रमुख थिइन् ।  उनले सन् २०२० को अक्टोबरदेखि परराष्ट्र मन्त्रालयको प्रवक्ताको जिम्मेवारी पनि सम्हाल्दै आएकी थिइन् । 

उनी सन् २०११ मा परराष्ट्रको सहसचिव भएकी थिइन् । सहसचिव भएपछि लम्सालले सन् २०१६ सेप्टेम्बरदेखि २०२० सेप्टेम्बरसम्म पाकिस्तानको लागि नेपाली राजदूतको जिम्मेवारी सम्हालेकी थिइन् ।  पाकिस्तानको लागि नेपाली आवासीय राजदूत हुँदा उनले सँगसँगै टर्की, इरान, तुर्केमिनिस्तानm कीर्गिस्तान र उज्बेकिस्तानको लागि गैरआवासीय राजदूतको जिम्मेवारी पनि पाएकी थिइन् । 

लम्साल सन् २०१२ देखि २०१६ सम्म अमेरिकाको न्यूयोर्कस्थित राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगमा उप–स्थायी प्रतिनिधिको रुपमा काम गरेकी थिइन् । सन् २०११ देखि २०१२ सम्म उनले परराष्ट्र मन्त्रालयको विभिन्न महाशाखामा काम गरेकी थिइन् । 

सन् २०१० को मे देखि २०११ को फेब्रुअरीसम्मको अवधिमा उनी परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागमा कार्यरत थिइन् ।  परराष्ट्र सेवामा प्रवेश गर्नुअघि लम्साल निजामती सेवामा रहेकी थिइन् ।  निजामती सेवामा रहँदा उनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा शाखा अधिकृतको रुपमा काम गरेकी थिइन् । 

उनले सन् २००४ सेप्टेम्बर देखि २००९ सम्म संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सन् १९९८ अक्टोबर देखि २००२ अगष्टसम्म महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा काम गरेकी थिइन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  १७:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय