site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जसपाले भन्यो– पहिचानवादीको आन्दोलनमा भएको प्रहरी दमन निन्दनीय
Argakhachi Cement Island Ad

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले भोजपुर, ओखलढुंगा, झापा र उदयपुरमा पहिचानवादीमाथि मंगलबार प्रहरी दमन गरिएको भन्दै आपत्ति जनाएको छ ।

बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै जसपाले पहिचान र अधिकार प्राप्तिका लागि गरेको शान्तिपूर्ण आन्दोलनमाथि प्रहरीले गरेको बल प्रयोग गरेर कुटपिट गरेको बताएको छ । 

जसपाले आफ्नो अधिकारको माग गर्ने जनताको लोकतान्त्रिक हकप्रति बन्देज लगाउनेहरूमाथि कारकाही गर्न सरकारसँग माग गरेको छ । गिरफ्तार गरिएका नेता, कार्यकर्ताहरूको तत्काल रिहाइ गर्न जसपाले माग गरेको छ । 
 

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  २१:०६
प्रतिक्रिया दिनुहोस्