site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मीनबहादुर घलेको बयान : सुन भारतीयको हो, एक पटक ल्याइदिएको एक लाख लिन्थेँ 
Sarbottam CementSarbottam Cement

काठमाडौं । गोरखा बारपाकका चन्द्र घले र मीनबहादुर घले पाँच दिनदेखि त्रिभुवन विमानस्थल भन्सार कार्यालयको थुनामा छन् । दुवईबाट बिहीबार राति १४ किलो अवैध सुनसहित आएका चन्द्र घलेलाई विमानस्थल ओर्लिनासाथ प्रहरी र भन्सार विभागका कर्मचारीले नियन्त्रणमा लिएको थियो ।

मीनबहादुरलाइ भने त्यही रात धुम्बाराहीस्थित उनकै घरबाट पक्राउ गरिएको हो । उनीहरुमाथि भन्सार कार्यालयले थप अनुसन्धान जारी राखेको छ । चन्द्रले उक्त सुन मीनबहादुरको भएको र आफू भरियामात्रै रहेको प्रारम्भिक बयान दिए । 

त्यसपछि मीनबहादुरलाई पक्राउ गरिएको विमानस्थल प्रहरी प्रमुख डीआईजी अर्जुनचन्द ठकुरीले जानकारी दिए । चन्द्रले प्रत्येक पटक दुबईबाट सुन ल्याएवापत ६० हजार रुपैयाँ पाउने गरेको बयान दिएका छन् । मीनबहादुर घलेले पनि सुनको असली मालिक आफू नरहेको र भारतीय व्यापारी रहेको बताएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

उनी सुरुमा सुनबारे आफूलाई कुनै जानकारी दाबी गर्दै थिए ।  पछि मात्रै घलेले सुन आफ्नो नभएको र भारतीय व्यापारीको भएको बयान दिएका छन् । अनुसन्धानमा संलग्न एक अधिकारीले बाह्रखरीसँग भने, “मीनबहादुर घलेले सुरुमा सुनबारे आफूलाई कुनै जानकारी नभएको बयान दिएका थिए । तर, पछि सुन भारतीय व्यापारीको रहेको बयान दिएका छन् ।”

घलेले आफूले सुन तस्करी व्यवस्थापन गरेवापत एक लाख रुपयाँ पाउने गरेको पनि बताएका छन् ।

Global Ime bank

उनले बयानका क्रममा भनेका छन्, “म म्यानपार व्यवसायी हुँ । नेपालमा कोभिड–१९ फैलिएपछि व्यवसाय ठप्प भयो । म घुमघामको सिलसिलामा दुवई पुगेको थिए । त्यहीबेला मेरो भारतीय व्यापारीसँग भेट भएको हो । त्यसपछि सुन ल्याउन थालेका हौँ ।”

मीनबहादुरले कति किलो सुन भित्र्याए भन्नेबारे भने मुख खोलेका छैनन् । भन्सार विभागले उनीहरुले सयौँ किलो सुन तस्करी गरेको आशंका गरेको छ । चन्द्र घले करिब दुई वर्षदेखि दुवई–काठमाडौं ओहोर–दोहोर गर्ने समेत खुलेको छ । उनको ट्राभल रकर्ड अनुसार, २९ मे २०२२ देखि हालसम्म उनी २४ पटक दुवई–काठमाडौं आवत–जावत गरेको खुलेको छ ।

उनी दुवई पुगेको तेस्रो दिनमै नेपाल फर्किने गरेका थिए । उक्त तस्करी प्रकरणबारे अनुसन्धान गर्न त्रिभुवन विमानस्थल भन्सार कार्यालयले भन्सार प्रमुख उपसचिव मनिराम पौडेलको संयोजकत्वमा ६ सदस्यीय छानबिन समितिसमेत नै गठन गरेको छ ।

जसमा विमानस्थल प्रहरी कार्यालयका डीएसपी सूर्य सुवेदीसहित भन्सार अधिकृत मञ्जु थापा, प्रकाश निरौला, डिल्लुप्रसाद शर्मा र लोकराज ढुंगाना सदस्य छन् । समितिले यही साता छानबिन प्रतिवेदन बुझाउने छ । १४ किलो सुनसहित चन्द्र र मीनबहादुर पक्राउ परेको दोस्रो दिनमै फेरि शनिबार राति साढे ६ किलो सुनसहित तीन जना पक्राउ परेका थिए ।

फ्लाई दुवईको एफजेड ५७३ उडानबाट आएका इजिप्टका नागरिक ३२ वर्षीय मोहमद ल्यासिनसहित २ जना सुडानी नागरिक पक्राउ परेका हुन् । भन्सार जाँच पास गरेर बाहिरिएपछि उनीहरु पक्राउ परेका थिए । उनीहरुले ल्याएको सुनको मालिकसमेत भारतीय व्यापारी नै रहेको बयान दिएका छन् । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  १८:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement