site stats
बाह्रखरी :: Baahrakhari
देश
वायुसेवा निगमका एक अधिकृत र ६ ट्राभल्स सञ्चालक पक्राउ
फाइल तस्बिर ।

काठमाडौं । नेपाल वायुसेवा निगमका एक अधिकृत र ६ ट्राभल्स सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । नक्कली कागजातका आधारमा भिजिट भिसामा विदेश पठाएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा वायुसेवा निगमका अधिकृत होमनाथ पोखरेलसहित अन्ट्रा ट्रिप ट्राभल्सका सञ्चालक मनुराज चौधरी, एचआर टुर्स एन्ड ट्राभल्सका रामप्रसाद भण्डारी, एन्ड होलिडे टुर्स एन्ड ट्राभल्सका सञ्चालक सरोजकुमार यादव, स्काई ट्राभल्सका सञ्चालक दिनेश ज्ञवाली, रोलेक्स ट्राभल्सका सञ्चालक देवराज खनाल र मञ्जरी ट्राभल्सका भक्तबहादुर थापा छन् ।

Argakhachi Cement Island Ad

एड्भान्स म्यानेजमेन्ट मल्टिपल ट्रेनिङ सेन्टरका सञ्चालक गणेश पाण्डेलाई पनि पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनीहरूलाई विभिन्न मितिमा पक्राउ गरिएको कार्यालयका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए । पक्राउ परेकामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रहरी स्रोतका अनुसार निगमका अधिकृत पोखरेलको मिलेमतोमा ट्राभल्स सञ्चालकले फर्जी कागजात बनाउने गरेको खुलेको छ ।

पछिल्लो समय भिजिट भिसामा विदेश जानेहरूमाथि कडाइ गर्न थालिएको छ । भिजिट भिसामा दुबई हुँदै युवा युद्धग्रस्त मुलुक रसिया जाने र त्यहाँको सेनामा भर्ती हुन थालेपछि सरकारले कडाइ गरेको हो ।

प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  १६:५४
प्रतिक्रिया दिनुहोस्