site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नलिन्चोकको हेलिपोर्टमा डेमो उडान 

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले भक्तपुरको नलिन्चोकमा रहेको नयाँ हेलिपोर्टमा डेमो उडान गरेको छ । प्राधिकरणले आइतबार डेमो उडान गरेको हो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिपोर्टलाई स्थानान्तरण गर्ने तयारीअनुसार नलिन्चोकमा हेलिपोर्ट बनाएको हो । उक्त हेलिपोर्ट ११ करोड ९० लाख लागतमा निर्माण गरिएको हो ।

Argakhachi Cement Island Ad

यसै आर्थिक वर्ष २०८०/०८१ मा नलिन्चोक हेलिपोर्टबाट हेलिकोप्टर उडान/अवतरण गरिने सह–प्रवक्ता ज्ञानेन्द्र भुलले बताए । भुलका अनुसार उक्त हेलिपोर्टमा १७ वटा हेलिकोप्टर अट्ने क्षमता छ ।

माउन्टेन एयरको एएस–३५० हेलिकोप्टरमार्फत डेमो उडान गरिएको प्राधिकरणका सह–प्रवक्ता भुलले जानकारी दिए । प्राधिकरणको टेक्निकल टिम र हेलिकोप्टर चालकको टिम काठमाडौंबाट नलिन्चोक हेलिपोर्टमा गएको थियो ।

“उक्त टिमले यो डेमो उडानपश्चात् प्राधिकरणलाई रिपोर्ट बुझाउँछ । त्यो रिपोर्टमा केही कमजोरी भेटियो भने सुधार गरिन्छ,” सह–प्रवक्ता भुलले भने, “रिपोर्टमा आएका सुझावसहित ग्राउन्डमा हेलिकोप्टरका लागि चाहिने हेलिटर्मिलन, एयरलाइन्सको अफिस, सेक्युरिटी कार्यालयको निर्माण सम्पन्न भएपछि यसै आर्थिक वर्षमा हेलिपोर्ट सञ्चालनमा आउने छ ।”

काठमाडौंबाट नलिन्चोक हेलिपोर्ट ६.२ नटिकल माइल टाढा छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  १५:१६
प्रतिक्रिया दिनुहोस्