site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लाखौँ विद्यार्थीको भविष्य जोडिएको त्रिवि धराशायी अवस्थामा पुग्यो : प्रदीप पौडेल
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले त्रिभुवन विश्वविद्यालय (त्रिवि)को उपकुलपतिका लागि सार्वजनिक विज्ञापन आह्वान गर्न प्रधानमन्त्रीलाई अनुरोध गरेका छन् ।

लाखौँ विद्यार्थीको भविष्य जोडिएको त्रिभुवन विश्वविद्यालय अहिले धराशायी अवस्थामा पुगेको भन्दै त्यसलाई जोगाउन उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आह्वान गरेका हुन् ।

उनले कुनै समय उच्च शिक्षाको सिंगो धरातल सम्हालेको देशकै पुरानो विश्वविद्यालय अहिले धराशायी अवस्थामा पुगेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमा उनले भनेका छन्, “त्रिभुवन विश्वविद्यालयले विश्वका उत्कृष्ट विश्वविद्यालयका सूचीमा समेत आफ्नो स्थान कायम गर्‍यो । लाखौँ लाख दक्ष जनशक्ति उत्पादन गर्‍यो । तर आज त्यति प्रतिष्ठित विश्वविद्यालय आफैँले बनाएको क्यालेन्डरमा समेत हिँड्न नसक्ने अवस्थामा पुगेको छ ।”

शिक्षक र कर्मचारी नियुक्तिदेखि परीक्षा तालिकालगायत सबै क्षेत्रमा अत्यन्तै ठूलो अनियमितता र बेथिति मौलाएको बताएका छन् ।

“त्यसैले सरकारलाई मेरो आग्रह छ । लाखौँ विद्यार्थीको भविष्य जोडिएको उच्च शिक्षा अध्ययनको थलो त्रिभुवन विश्वविद्यालयमा भीसी नियुक्तिका विषयमा सार्वजनिक विज्ञापन आह्वान गर्नुहोस,” उनले लेखेका छन्,

“आवेदन परेकाहरू मध्येबाट खुला र पारदर्शी रूपमा नियुक्ति गर्नुस् । नियुक्ति राजनीतिक आधारमा नभइ कसैको दबाब र प्रभावमा नपरी योग्यता, क्षमता र योजनाका आधारमा गर्नुस् ।”

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  १२:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro