site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महिलाले चुप लागेर बस्न हुँदैन, आवाजलाई बुलन्द पार्नुपर्छ : उपसभामुख राना
फाइल तस्बिर ।

काठमाडौं । उपसभामुख इन्दिरा रानाले महिलालाई संविधानले दिएको ३३ प्रतिशत प्रत्यक्ष निर्वाचनमा लड्ने अधिकार सुनिश्चित गर्नुपर्ने बताएकी छन् । सोमबार ललितपुरमा आयोजित लैंगिक हिंसा सम्बोधनका लागि राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले समावेशी विकास हुनुपर्नेमा जोड दिइन् ।

"संविधानको धारा ३८ को ५ अनुसार महिलाहरूलाई ३३ प्रतिशत प्रत्यक्ष निर्वाचनमा लड्ने अधिकार छ, यो सुनिश्चित गर्नुपर्छ । सरकार भनेको सम्पूर्ण जनताहरू हुन् । जब हामी समावेशी विकासको कुरा गर्छौं, एउटा बिल्डिङ र टावर खोल्दैमा हामीले विकास भन्न मिल्दैन," उनले भनिन् ।

उपसभामुख रानाले महिला हिंसासम्बन्धी धेरै कानुन बनेका भए पनि कार्यान्वयनको पाटो कमजोर रहेको टिप्पणी गरिन् । महिला अधिकारको आवाजलाई सशक्त किसिमले उठाउनुपर्ने उनको भनाइ छ ।

"महिला हिंसासम्बन्धी मात्रै धेरै कानुन बनेका छन् । तर, एउटा पनि कार्यान्वयन भएको छैन, हामी चुप लागेर बस्नु हुँदैन, आवाज बुलन्द हुनुपर्छ । सरकारमात्रै होइन, हामी सबै एक भएर काम गर्नुपर्छ," रानाले भनिन् ।

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  १६:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro