site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तीन तह मिलेर स्वास्थ्य समस्या समाधान गरौँ : मन्त्री पौडेल 

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा तीनैवटा तह मिलेर काम गर्न प्रस्ताव गरेका छन् । स्वास्थ्य समन्वय समितिको तेस्रो बैठकको अध्यक्षता गर्दै मंगलबार मन्त्री पौडेलले तीन तहले छरिएर काम गर्दा नतिजा निस्कन गाह्रो भएको बताए । 

‘हामीले एक–अर्काले फरक–फरक ढंगले काम गरेर नतिजा दिन गाह्रो छ,’ उनले भने, ‘बजेट नदोहोरिने गरी अहिलेका स्वास्थ्य समस्या समाधान गर्न मिलेर काम गरौँ ।’ मन्त्री पौडेलले तह, प्रदेश तथा संघअन्तर्गतका अस्पतालमा भनेजति जनशक्ति र स्रोतसाधन पुर्‍याउन नसकिएको स्वीकार गरे । 

एक–अर्काका अस्पतालमा तीनै तहले सहकार्य गर्ने हो भने अहिलेकै जनशक्ति र स्रोत साधनबाट समेत अधिकतम नतिजा दिन सकिने उनको ठम्याइ छ । “अस्पतालमा तीनै तह मिलेर लगानी गरौँ,” उनले भने, “यो अहिलेको उत्तम आवश्यकता हो ।” 

मन्त्री पौडेलले विशिष्टीकृत उपचार सेवा हरेक प्रदेशमा पुर्‍याउन प्रयास गरिरहेको उल्लेख गर्दै यसमा प्रदेश सरकार र स्थानीय तहबाट पनि साथको अपेक्षा गरेको बताए । 

क्यान्सर उपचार तथा मुटु उपचार र प्रत्यारोपण सेवा विस्तार भइरहेको र जलन उपचार पनि सातै प्रदेशमा पुर्‍याउने योजना रहेको उनले सुनाए । प्रदेशबाट समेत साथ मिलेमा प्रभावकारी सेवा दिन सकिने उनको विश्वास छ । 

“अब नसर्ने रोगको निःशुल्क स्क्रिनिङ गर्न पालिकालाई दुई लाख दिँदै छौँ,” उनले भने, “प्रदेश र पालिकाले पनि सहयोग गरौँ । सबै मिलेर नसर्ने रोग कम गर्न व्यापक सहकार्य गरौँ ।”

मन्त्री पौडेलले सबै तहमा बिमालाई व्यवस्थित गर्न सहकार्य आवश्यक रहेको भन्दै यसका लागि समेत सहकार्यको प्रस्ताव गरे । बैठकमा विभिन्न प्रदेशका स्वास्थ्य मन्त्री, नगरपालिका तथा गाउँपालिका महासंघका प्रतिनिधि तथा ललितपुर महानगर प्रमुख, बिमा बोर्डका कार्यकारी निर्देशकसँगै मन्त्रालयका अधिकारी सहभागी थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०८२  २०:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro