site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राष्ट्रियसभा निर्वाचन : एमाले, माओवादीसहित पाँच दलले दिए दर्ताको निवेदन 

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति हालसम्म पाँच दलले दर्ताको निवेदन दिएका छन् । दर्ताका निम्ति आह्वान गरिएको दोस्रो दिन सोमबार दिउँसो १ः३० बजेसम्म पाँच दलले निवेदन दिएका निर्वाचन आयोगले जानकारी गराएको छ ।

दल दर्ताको निवेदन दिनेमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनमत पार्टी र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) छन् ।

आउँदो माघ ११ गते हुने निर्वाचनका निम्ति आइतबारदेखि दल दर्ता सुरु गरिएको हो । दर्ताका निम्ति आयोगले मंसिर २९ गतेसम्मको समय तोकेको छ ।

फागुन २० गतेदेखि राष्ट्रियसभा सदस्यका २० पद रिक्त हुँदै छ । माघ ११ गते १९ पदका निम्ति निर्वाचन हुनेछ । एक पदमा भने राष्ट्रपतिले मनोनयन गर्नेछन् ।

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  १३:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro