site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
'प्रविधिको विकासले सामाजिक र सांस्कृतिक मूल्यमान्यतामा चुनौती थपियो'
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रविधिको विकासले सामाजिक र सांस्कृतिक मूल्य मान्यतामा चुनौती थपिएको बताएका छन् । मानव अधिकार दिवसका अवसरमा आइतबार शितल निवासमा आयोजित र्काक्रममा प्रधानमन्त्रीले सूचना प्रविधिको विकासले समाजलाई थप सहज बनाएको भए पनि प्रविधिको असमान विकासले यसको पहुँच र प्रयोगमा विभेद सिर्जना गरेको बताए ।

विश्वव्यापीकरण र खुला बजारमा हुने अस्वस्थ प्रतिस्पर्धाका कारण वस्तु र सेवाको उत्पादनदेखि उपभोक्तासम्म पुग्ने आपूर्ति शृङ्खलाका विभिन्न चरणमा संलग्न श्रमिक र सीमान्तकृत समुदायको आधारभूत मानव अधिकारको सुनिश्चितताको विषय थप चुनौतीपूर्ण बनेको उनको भनाइ छ ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले मानव अधिकारका आधारभूत मूल्यमान्यतालाई वर्तमान समयका समस्या र चुनौतीहरूको सम्बोधन गर्ने अन्तर्राष्ट्रिय समुदायको आपसी सहयोग र सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखेको धारणा राखे ।

त्यस्तै, प्रधानमन्त्री प्रचण्डले राजनीतिक अधिकारको सन्दर्भमा समावेशी प्रतिनिधित्वको नीति सकारात्मक देखिए पनि अर्थपूर्ण  सहभागिताको विषय अझै पनि चुनौतीपूर्ण रहेको बताए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  १६:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !