site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘मिसन’ले देश बिग्रियो : गुरुङ
फाइल तस्बिर ।

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री एवं नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीको ‘मिसन’ सुशासन हुनुपर्नेमा जोड दिएका छन् ।

आइतबार सानेपामा पार्टीको मुखपत्र ‘नेपाल पुकार’को विमोचन कार्यक्रममा उनले निर्वाचनलाई मिसन बनाउँदा देश बिग्रिएको टिप्पणी गरे ।

“मिसन ०८४ कता–कता सुन्छु, चुनाव जिताइदिऔँ भन्ने मिसनले देश बिग्रेको छ । कांग्रेसको मिसन सुशासन हुनुपर्छ,” उनले भने ।

उनले रोइलो गरेर नहुने भन्दै पार्टी सुध्रिन आवश्यक रहेको बताए । पार्टीका नेता एकार्काप्रति गालीगलौजमा उत्रने गरेको उनले उल्लेख गरे ।

“एउटा पार्टीको नेताले अर्को पार्टीको नेतालाई गाली गर्नबाहेक केही सिकेनौँ । तर, राजनीतिक दलको साझा शत्रु गरिबी, रोग, भोक, भ्रष्टाचार हो भन्न सकेनौँ,” उनले भने, “भ्रष्टाचारको फाइल खोल्दै गयो, अर्को आउँछ । फोहोरको डंगुर रहेछ, खोल्दै जाँदा हात गलिसक्यो ।”

उनले आफूलाई पदको चिन्ता नरहेको बताए । सभापति शेरबहादुर देउवाप्रति उनले कटाक्ष पनि गरे ।

“मलाई चिन्ता छैन, पद आउँछ जान्छ । हाम्रो सभापति पाँचपटक प्रधानमन्त्री हुनुभयो, फेरि हुने नहुने होला,” कार्यक्रममा गुरुङले भने ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  १६:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro