site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
विपीन जोशीको रिहाइका निम्ति पहल गर्न परराष्ट्रमन्त्रीको अनुरोध

काठमाडौं । कतार भ्रमणमा रहेका परराष्ट्रमन्त्री एनपी साउद र त्यहाँका विदेश राज्यमन्त्री डा. मोहम्मद बिन अब्दुलअजीज अल खुलाईफीबीच आइतबार भेटवार्ता भएको छ ।

भेटमा परराष्ट्रमन्त्री साउदले प्यालेस्टाइनी लडाकु समूह हमासको नियन्त्रणमा रहेका विपीन जोशीको छिट्टै रिहाइका निम्ति कतारलाई सहजीकरण गर्न अनुरोध दोहोर्‍याएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भेटमा विदेश राज्यमन्त्रीले नेपाली नागरिक जोशीको रिहाइका निम्ति कतार सरकारले प्रयास जारी राखेको जानकारी गराएका थिए ।

प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  १५:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro