देश

काठमाडौं । सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचाररत उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ आइतबार ‘डिस्चार्ज’ भएका छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको गृह मन्त्रालयले जनाएको छ ।
यही मंसिर १९ गते मन्त्री श्रेष्ठ काठमाडौंको बाँसबारीस्थित सो अस्पतालमा भर्ना भई मुटुको खुम्चिएको नशाको एन्जियोप्लास्टी सर्जरी गराएर उपचाररत थिए ।
“उहाँको स्वास्थ्यमा उल्लेखनीय सुधार भएकोले चिकित्सकको सल्लाह र सिफारिसमा आज मंसिर २४ गते अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । हाल उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ,” गृह मन्त्रालयद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।
डा. अरुण मास्केसहितको चिकित्सक टोली गृहमन्त्रीको उपचारमा संलग्न थिए ।
प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८० १३:५६
प्रतिक्रिया दिनुहोस्