काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचक डेढ घण्टामै ६ प्रतिशतले बढेपछि आइतबारका लागि कारोबार बन्द भएको छ ।
कारोबार सुरु भएको पाँच मिनेटमै नेप्से चार प्रतिशतले बढेर २० मिनेट कारोबार स्थगित भएको थियो । त्यसपछि पाँच प्रतिशले बढेपछि कारोबार ४० मिनेटका निम्ति स्थगित गरिएको थियो ।
बिहान ११ बजे खुलेको नेप्से त्यसको पाँच मिनेटपछि चार प्रतिशतले बढ्दा २० मिनेट कारोबार रोकिएको थियो । त्यसपछि ११ः२५ मा खुलेको नेप्से पाँच प्रतिशतले बढ्दा ४० मिनेटका निम्ति कारोबार रोकिएको थियो ।
कारोबार सुरु भएको पहिलो घण्टा अर्थात् ११ देखि १२ बजेको बीचमा चार प्रतिशतले, दोस्रो घण्टा अर्थात् १२ देखि १ बजेको बीचमा पाँच प्रतिशतले र त्यसपछि ६ प्रतिशतले घटे वा बढे सर्किट ब्रेक लाग्ने व्यवस्था छ ।