site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रिय सभाबाट पाँचवटा प्रतिस्थापन विधेयक बहुमतले पारित

काठमाडौ । राष्ट्रिय सभाबाट विभिन्न पाँचवटा प्रतिस्थापन विधेयक बहुमतले पारित भएको छ । सोमबार बसेको राष्ट्रिय सभा बैठकले सरकारले जारी गरेको अध्यादेशसँग सम्बन्धित विभिन्न पाँचवटा प्रतिस्थापन विधेयक बहुमतले पारित गरेको हो । 

बैठकले ‘सुशासन प्रवर्द्बन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’, ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन विधेयक पारित गरेको हो । 

त्यस्तै, ‘निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१’ र ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ समेत पारित भएको राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गरे । 

राष्ट्रिय सभाको अर्को बैठक यही चैत २५ गते सोमबार बोलाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १८, २०८१  १७:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro