site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महतोले गरे बैठक बहिष्कार, भन्छन्– ठाकुर कांग्रेसमा हुँदा लाठी खाएका नेतालाई बाहिर राखियो  
Tiktok banner adTiktok banner ad

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोबीच विवाद चर्किएको छ । वरिष्ठ नेता महतोले आज केन्द्रीय समितिको बैठक बहिष्कार गरेका छन् ।

काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा बैठक केही बेरमा सुरु हुँदै छ । तर, महतोनिकट एक पदाधिकारीका अनुसार झन्डै ५० प्रतिशतभन्दा बढी नेता बैठकस्थलमा पुगेका छैनन् ।

केन्द्रीय समितिमा पुराना नेताहरूलाई ठाकुरले नसमेटिएको भन्दै महतोले आपत्ति जनाएका हुन् ।

“केन्द्रीय समिति र कार्यकारिणी समिति दुई वर्ष लगाएर बनाइयो । तर, पुराना काम गरेका नेता–कार्यकर्ताहरूलाई राखिएको रहेनछ । मधेसको लागि लड्नेहरूलाई छोड्नुभएको रहेछ भनेर मैले दुई महिनाअघि कार्यकारिणी समिति बैठकमा हुँदैन भनेर विरोध गरेको थिएँ,” महतोले बाह्रखरीसित भने ।

उनले ठाकुर नेपाली कांग्रेसमा हुँदा नै मधेसका निम्ति लड्ने नेताहरूलाई पाखा लगाइएको आरोप लगाए ।

“तपाईं (महन्थ ठाकुर) जति बेला कांग्रेसमा हुनुहुन्थ्यो, उनीहरू त्यति बेला लाठी, जुत्ता खाइरहेका थिए, यसरी छाड्न मिल्दैन, सम्मान गर्नुपर्छ भनेको थिएँ,” उनले भने, “उहाँ (महन्थ ठाकुर)ले ठिक छ, म सुधार गर्छु भन्नुभयो । तर, अझै सुधार भएको रहेनछ । नभएपछि मैले विरोध गरेको हुँ ।”

गएको असोज ८ गते लोसपामा ३११ सदस्यीय केन्द्रीय समिति गठन गरिएको थियो । समितिमा ६३ पदाधिकारी थिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  १२:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro