site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
औषधि किन्दा के कुरामा ध्यान दिने ?
SkywellSkywell

काठमाडौं । सरकारले ९८ प्रकारका आधारभूत औषधि निःशुल्क उपलब्ध गराउँदै आएको छ । ती सबै औषधिहरू आधारभूत स्वास्थ्य सेवा केन्द्र, स्वास्थ्य चौकी, आधारभूत अस्पताल र प्राथमिक स्वास्थ्य सेवा केन्द्रबाट उपलब्ध हुन्छन् ।

औषधि व्यवस्था विभागमा २०८० मंसिरसम्म एक हजार ६१९ वटा औषधि दर्ता भएका छन् । विभागमा दर्ता नभएका औषधि अवैध हुन् भनि बुझ्नुपर्दछ । औषधि उत्पादन भएको मुलुक, दर्ता भए/नभएको, म्याद, मूल्यबारे लेबलमा राम्रोसँग हेरेर मात्रै औषधि खरिद गर्नुपर्ने हुन्छ ।

नेपालमा दर्ता भएकामध्ये ११७ प्रकारका औषधिको मूल्य सरकारले नै तोकेको छ । यीबाहेकका औषधिमा कम्पनीले तोकेको मूल्य नै उपभोक्ताले खरिद गर्ने अन्तिम मूल्य हुन्छ ।

KFC Island Ad
NIC Asia

नेपालमा बनेका औषधिहरूको नेपाली रुपैयाँ र बाहिरबाट आयातित औषधिमा पनि कम्पनीले तोकेको मूल्यभन्दा बढी बिक्रेताले ग्राहकबाट लिन पाउँदैनन् । औषधिको प्याकिङमा तोकिएकोभन्दा बढी मूल्य लिनु कालाबजारी ऐनविपरीतको ठगी हो । यस्तो ठगी गरेको पाइएमा औषधि व्यवस्था विभाग, खाद्य उपभोक्ता संरक्षण विभागमा उजुरी गर्न सकिन्छ ।

औषधिलाई क, ख र ग समूहमा वर्गीकरण गरिएको छ । समूह क र ख मा पर्ने औषधि चिकित्सकको सिफारिस अर्थात् पेस्क्रिप्सनबिना खरिद–बिक्री गर्न पाइँदैन । ग समूहको औषधि भने फार्मासिस्टको सल्लाहअनुसार खरिद र प्रयोग गर्न मिल्छ ।

Royal Enfield Island Ad

औषधिको यदि चिकित्सकको सिफारिसमा मात्रै खान मिल्ने हो भने त्यसमा रातो धर्सा वा घेरा लगाइएको हुन्छ ।

त्यस्तै, एन्टिबायोटिक औषधिहरूको जथाभावी प्रयोग गर्नु हुँदैन । जथाभावी प्रयोग गर्दा शरीरमा रोग प्रतिरोधी क्षमतामा असर पुगी कतिपय अवस्थामा औषधिले काम नगरेकोे पनि विभिन्न अध्ययनले देखाएका छन् ।

(औषधि व्यवस्था विभागका वरिष्ठ औषधि व्यवस्थापक डा. पानबहादुर क्षेत्रीसँगको कुराकानीमा आधारित)

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  ०८:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro