site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भ्रष्टाचार नियन्त्रण गर्न महिला नेतृत्व आवश्यक : मन्त्री आचार्य
SkywellSkywell

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले मुलुकमा भ्रष्टाचार नियन्त्रणका निम्ति महिलालाई नेतृत्वमा पुर्‍याउनुपर्ने बताएका छन् ।

महिलाले नेतृत्व लिएको स्थानीय तहमा भ्रष्टाचारमा कमी आएको उनको भनाइ छ । उनीहरूलाई मुलुकको नेतृत्वमा पुर्‍याउन सके भ्रष्टाचार नियन्त्रणको काम प्रभावकारी हुने उनको विश्वास छ ।

KFC Island Ad
NIC Asia

शनिबार काठमाडौंमा नेपाल प्रेस युनियन महिला विभागद्वारा आयोजित कार्यक्रममा मन्त्री आचार्यले महिलाले पनि आफ्नो क्षमताको विकास गर्ने कुरामा बढी ध्यान दिनुपर्ने बताए ।

“...हामी भन्छौँ– अहिले देशमा सबैभन्दा बढी भ्रष्टाचार भनेको सबैभन्दा ठूलो रोग छ । जब महिलाहरूलाई नेतृत्व दियो भने त्यहाँ भ्रष्टाचारमा अटोमेटिक कमी आउँछ । त्यो मान्यता मेरो व्यक्तिगत रूपमा पनि छ । र, मैले त्यो कुरा उठाउने पनि गरेको छु,” उनले भने, “जुनसुकै स्थानीय तहमा महिलाको नेतृत्व छ भने त्यहाँ भ्रष्टाचार कम छ । त्यसैले गर्दा महिलालाई थप अधिकार दिने कुरामा हामी गम्भीर हुनैपर्छ । र, महिला दिदीबहिनीहरूले पनि अधिकार माग्नेभन्दा पनि आफ्नो क्षमतामा अभिवृद्धि गर्दै जानुपर्छ । र, हामीले समावेशी व्यवस्था मिलाएका छौँ ।”

Royal Enfield Island Ad

महिलामाथि हुने विभेदको अन्त्य मन्त्रालय एक्लैको प्रयासबाट सम्भव नहुने उनले उल्लेख गरे । घरघरमा महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन भए मात्र उनीहरूमाथि हुने विभेद अन्त्य गर्न सकिने उनले बताए ।

“एउटा महिला मन्त्रालयले मात्रै गरिदिएर यो महिलामाथि हुने विभेद अन्त्य हुँदैन । जबसम्म प्रत्येक घरमा महिलाहरूलाई हेर्ने दृष्टिकोण र महिला सहभागिताका कुराका विषयमा हामी सोच्दैनौँ, तबसम्म समाज परिवर्तन हुन सक्दैन । अत्यन्तै क्षमतावान् महिलाहरू हुनुहुन्छ । र, ठाउँअनुसार उहाँहरूले अवसर पनि पाउनुभएको छ,” उनले भने, “नेपालमा पनि राष्ट्रपति महिला, प्रधानन्यायाधीश महिला, अन्य उच्च स्थानहरूमा मन्त्रालयका सचिवहरूमा पनि महिला नपुगेको अवस्था हो र ? तथापि यो कम छ ।” 

मन्त्री आचार्यले नेपालको संविधानले महिला सशक्तीकरणका निम्ति आवश्यक व्यवस्था गरेको भन्दै त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २३, २०८०  २१:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro