राजनीति
लमजुङ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संकल्पयात्राका क्रममा प्राप्त सुझाव काठमाडौं पुगेर सम्बोधन गर्ने बताएका छन् ।
पार्टीको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्पयात्रा’का क्रममा शनिबार सुन्दरबजारको खत्रीठाटीमा आयोजित सभामा अध्यक्ष ओलीले यात्राका क्रममा महत्त्वपूर्ण सुझाव प्राप्त भएको उल्लेख गरे ।
त्यस अवसरमा लमजुङका खेलमैदान, मध्यपहाडी लोकमार्गका समस्याबारे प्रतिनिधसभा सदस्य तथा पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले अध्यक्ष ओलीलाई जानकारी गराएका थिए । रासस
प्रकाशित मिति: शनिबार, मंसिर २३, २०८० १८:३४
प्रतिक्रिया दिनुहोस्