site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पोचुर्गलका प्रस्तावित राजदूतलाई सांसदको प्रश्न : कूटनीति धेरै थाहा छैन भन्ने आरोप छ नि ?

काठमाडौं । पोर्चुगलका प्रस्तावित राजदूत सनिल नेपाललाई सासंदहरूले युरोप गएका नेपाली फर्काउने योजना के छ भन्दै प्रश्न गरेका छन् । 

आजको संसदीय सुनुवाइ समितिको बैठकमा एमालेका सचेतक महेश बर्तौलाले उनलाई कूटनीति धेरै थाहै छैन भन्ने आरोप लाग्ने गरेको बताए । 

Dabur Nepal
NIC Asia

“यति धेरै गर्छु भन्नुभएको छ आधार के छ ? कूटनीति धेरै थाहा छैन भन्ने आरोप छ नि ?,” उनले सोधे । 

जनता समाजवादी पार्टी (जसपा)का सांसद प्रकाश अधिकारीले अव्यवस्थित कामदार रहेका र यो व्यवस्थित गर्ने योजना कस्ता छन् भनि प्रश्न गरे । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले राजदूतमा अब्बल र बुझेको व्यक्तिलाई पठाउ भन्ने लागेन भन्दै प्रश्न गरे । “छाती ठूलो गरेर परराष्ट्र नीति बुझेको अनुभवी साथीहरू म भन्दा अब्बल र बुझेको साथी पठाउ वा उनीहरूसँग प्रतिस्पर्धा गरेर जाउँ जस्तो लागेन ?,” उनको प्रश्न छ, “किनभने यो पुरानो हैन नयाँ राजदूतावास हुनेछ । यसमा प्रस्ट पारिदिनु होला ।” 

त्यस्तै, नेपाली कांग्रेसका सांसद जीवन परियारले युरोप गएका नेपाली फर्काउने योजनाबारे जिज्ञासा राखे । “पोर्चुगलमा नेपाली अलपत्र परेको कुरा आएको छ, चुनौतीका बीच कसरी यसलाई समाधान गर्नुहुन्छ ? युरोप गएका नेपाली फर्काउने योजना केही छ ? विदेश जानुमात्र ठूलो विषय हो ?,” परियारले सोधे । 

कांग्रेसकै सांसद् रमेशजंग रायमाझीले पोर्चुगलका खेलाडी ल्याउने कुरामा मात्रै सीमित हुने आशंका व्यक्त गरे । “पोर्चुगलका खेलाडी ल्याउने कुरा कुरामा मात्र सीमित हुने हो कि ?,” रायमाझीले भने । 

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पोर्चुगल श्रम गन्तव्य भएकाले चाँडोभन्दा चाँडो श्रम सम्झौता गर्न सुझाए । सरकारले पोर्चुगलमा राजदूतावास स्थापना गरी सनिल नेपाललाई राजदूत बनाउन सिफारिस गरेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  १७:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro