site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एनसेल बिक्री होइन, नाटक हो : राजेन्द्र पाण्डे 
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्र पाण्डेले एनसेल बिक्री नभएर नाटक गरिएको टिप्पणी गरेका छन् ।

शुक्रबारको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बोलाएर छलफल गरिनुपर्ने बताए । 

“६ खर्बको चिज अर्बमा बेच्ने, यसमा समितिका तर्फबाट गर्ने भूमिकामा कमी आउन दिनु हुन्न । प्रधानमन्त्री बोलाएर पनि छलफल गर्नुपर्छ,” उनले भने, “यो बिक्रीको नाटक हो, बिक्री होइन । यसलाई गम्भीर भएर लिनुपर्छ ।” 

उनले संघीय मामिला मन्त्रालयले सुशासन कायम गर्न नकारात्मक काम गरेको आरोप लगाएका छन् । उनले प्रमुखहरूको गाइजात्रा देखिएको टिप्पणी समेत गरे । 

“संघीय मामिला मन्त्रालयले सुशासन कायम गर्न नेगेटिभ काम भयो । अहिलेसम्म बजेट पेस नगर्ने पालिका छन्, त्यहाँको हालत के भएको होला ? बजेट नल्याएर जनतालाई दुख दिन्छन्, अनि व्यवस्थामा रिस बढेको छ,” उनले भने, “प्रशासनिक प्रमुखहरूको गाइजात्रा छ । चार महिनामा चारजना फेरिन्छन् । यसमा पनि मामिला मन्त्रालय हेरेर बसेको छ । यसमा गम्भीर हुन जरूरी छ ।”

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  १३:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro