site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इटहरीमा सासू र जेठाजुले गरिदिए बुहारीको कन्यादान
बुहारी सूजा पौडेलको कन्यादान गर्दै सासू जानुका र जेठाजु पुण्य । 

विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका–४ का पुण्य पौडेल र उनकी आमा जानुकाले बुहारीको विवाह गरिदिएका छन् । बिहीबार ३४ वर्षीया सूजा पौडेलको कर्मघरबाट वैदिक परम्पराअनुसार कन्यादान गरी विवाह गरिएको हो ।

०६९ सालमा पौडेल परिवारले झापाको बैगुन्धुराबाट सूजालाई बुहारी बनाएर भित्र्याएको थियो । जानुकाले भनिन्, “मेरी कान्छी बुहारीको रूपमा भित्र्याएकी उनलाई आज छोरीको रूपमा विवाहदान गरेर बिदाइ गरेँ ।”

KFC Island Ad
Dabur Nepal
NIC Asia

जानुकाका कान्छा छोरा फडिन्द्र र सूजाबीच मागीविवाह भएको थियो । फडिन्द्रको ०७१ सालमा मृत्यु भएको थियो ।

सुनसरीको डुम्राहाका रमेश रेग्मीले प्रस्ताव गरेपछि आफूहरूले राजीखुसी विवाह गराइदिएको पुण्यले बताए । “बुहारीको माइती पक्षसँग पनि यस विषयमा छलफल भयो,” उनले भने, “पारिवारिक सहमतिमै विवाह गर्ने निर्णयमा पुगेका हौँ । भनेजस्तो परिवार र उस्तै विगत भएका जोडीले राम्रो गरिखान सक्छन् भन्ने अपेक्षासहित बुहारीको विवाह गरिदिएका हौँ ।”

रेग्मीको पहिलो श्रीमतीको पनि दुई वर्षअघि मृत्यु भएको थियो । उनीतिरका एक छोरा र छोरी छन् । पौडेलकी पनि एक छोरी छिन् ।

रेग्मी सरकारी कर्मचारी हुन् । सूजा एनआईसी एसिया लघुवित्तमा कार्यरत छिन् । सूजाका बुवा कृष्ण खतिवडाले छोरी कर्मघरबाट बेहुली भई बिदा हुन पाउनु समाजका निम्ति उदाहरण भएको बताए । 

कर्मघरबाट छोरीका रूपमा बेहुली बनेर बिदाइ हुन पाउँदा गर्व लागेको सूजाले बताइन् । जीवनमा आइपरेका समस्या र त्यसको समाधानबारे धेरै सिकाइ भएको बताउँदै उनले भनिन्, “पौडेल परिवारबाट मैले छोरीकै माया पाएँ । अहिले यही घरबाट बुहारी भएर जान पाउँदा यो समाजका लागि पनि उदाहरण हो जस्तो लाग्छ ।”

अब दुवैतिरका छोराछोरीलाई साथै राखेर आफूहरूले नयाँ जीवनको सुरुआत गर्ने उनले बताइन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  १६:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro