site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
इलामलाई हराउँदै अपराजित पोखरा शीर्ष स्थानमा

काठमाडौं । सञ्जिव विष्टको निर्णायक गोलप्रेरित पोखरा थन्डर्सले स्पोर्टिङ इलाम डे मेची एफसीविरुद्ध १–० को जित निकाल्दै नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा अपराजित यात्रालाई कायम राखेको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न रोमाञ्चक खेलमा पोखरालाई जित दिलाउन सञ्जिवले गरेको गोल निर्णायक बन्यो । ४६औँ मिनेटमा सञ्जिव विष्टले गोल गर्दै पोखरालाई अग्रतामा राखेका थिए । 

आयुश घलानले लिएको कर्नरमा १८ यार्डभित्र इलामका ओमार थिओमले क्लियर गर्न नसकेको बललाई सञ्जिवले पहिलो टचमै पोस्टको दिशा दिए ।

पहिलो हाफभर इलामको निरन्तर दबाब झेलेको पोखराले ४५ मध्यान्तरसम्म गतिलो आक्रमण बुन्न सकेको थिएन ।

Ilam_Pokhara3-1701868709.jpg

खेलको सुरुआतबाटै आक्रमण बुनेको इलामले छैटौँ मिनेटमा गोलको सुन्दर अवसर गुमायो । अमाथ ड्वले राइट साइडमा पाएको फ्रिकिक सोझै १८ यार्ड बक्समा प्रहार गरेका थिए । सो फ्रिकिक पोखराका रक्षकले क्लियर गर्न नसक्दा इलामका इब्राहिम जितेले नियन्त्रणमा राखेका थिए । जितेले पेनाल्टी बक्सको लेफ्ट साइटबाट गरेको क्रसमा ओमार थिओमको होडर बारमाथिबाट बाहिरिँदा पोखराको खतरा टरेको थिया ।

११औँ मिनेटमा एक समर्थक मैदान प्रवेश गरेपछि खेल एक मिनेट रोकिएको थियो । उनले मैदानमा इलामका फोडे कामारालाई नेपालको झन्डा ओडाएका थिए । 

१२औँ मिनेटमा इलामले पुनः ‘हाफ चान्स’ सिर्जना गरेको थियो । राइट साइडबाट कामाराले गरेको क्रसलाई पेनाल्टी बक्सभि कसैले हेडर नभेट्टाउँदा इलामले मौकाको सदुपयोग गर्न सकेन । 

इलामले निरन्तर दबाब बनाउँदा पोखराले भने सुरुआती १५ मिनेटसम्म कुनै डरलाग्दो आक्रमण बुन्न सकेको थिएन । 

२०औँ मिनेटमा पोखराले पहिलो आक्रमण बनायो । पोखराका दीपेश आलेमगरले राइट साइडबाट गरेको क्रस पेनाल्टी बक्सभित्रका मोसेस त्वमले हेडर कनेक्ट गर्न नसक्दा इलामको खतरा सजिलै टरेको थियो ।

२९औँ मिनेटमा इलामले पुनः गोलको सुन्दर अवसर खेर फाल्यो । अमाथ ड्वले मैदानको मध्यभागबाट एक्लै अघि बढाउँदै निकालेको ‘थ्रू’ बललाई पेनाल्टी बक्सभित्रबाट फोडे कामाराले ‘फस्र्ट टच’ प्रहार गरे पनि सेकेन्ड बार नजिकैबाट बाहिरियो । 

पहिलो हाफको अन्तिम मिनेटमा इलामका ओमार थिओमले बक्सबाहिरबाट गरेको सशक्त सोझो प्रहार गुइलियम प्रिसोले सहजै बचाउँदै पोखराको खतरा टारेका थिए । 

Ilam_Pokhara1-1701868708.jpg

तर, पहिलो हाफको ठिक विपरीत दोस्रो हाफमा भने पोखरा सुरुआतदेखि नै आक्रमक बन्यो । दोस्रो हाफको पहिलो मिनेटमा नै मोसेस त्वमको प्रहार गोलाइनबाट घुमेर निस्किदा पोखराले अग्रता बनाउन सकेन । लेफ्ट साइडमा सञ्जिव विष्टको पासलाई नियन्त्रणमा लिँदै पेनाल्टी क्षेत्रबाट गरेको सशक्त प्रहार पोस्टमा लागेर घुम्दा गोललाइनबाट बाहिरिएको थियो । 

तर, त्यसको अर्को मिनेटमा सञ्जिव विष्टले गोल गर्दै पोखरालाई अग्रतामा राखेका थिए । दोस्रो हाफमा मात्र मैदान प्रवेश गरेका आयुश घलानले लिएको कर्नरमा पेनाल्टी बक्सभित्र इलामका ओमार थिओमले क्लियर गर्न नसकेको बललाई सञ्जिवले पहिलो टचमै पोस्टको दिशा दिए ।

६७औँ मिनेटमा इलामले गोलको अर्को अवसर खेर फाल्यो । राइट साइडबाट अमाथ ड्वले गरेको फ्रिकिकमा ६ यार्ड बक्सबाट ‘अनमार्क’ रहेका विमल पाण्डेको हेडर दिशाहीन बन्दा इलामले अग्रताको राम्रो अवसर सदुपयोग गर्न सकेन ।

८०औँ मिनेटमा पोखराका कप्तान दीनेश राजवंशीको गम्भीर गल्तीको फाइदा उठाउन नसक्दा इलाम खेलमा फर्किन सकेन । पेनाल्टी बक्सबाहिर ‘एयर’ बल दीनेशले क्लियर गर्न नसक्दा इलामका फोडे कामाराले नियन्त्रणमा राख्दै बक्सको राइट साइडबाट एक रक्षक बिट गरी प्रहार गरे पनि पोखराका गोलकिपरले प्रिसोले त्यसलाई नियन्त्रणमा राखे । 

प्रतियोगितामा पोखराको यो दोस्रो जित हो । जितसँगै चार खेलबाट आठ अंक जोडेको पोखरा तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पोखरा प्रतियोगितामा हालसम्म अपराजित छ । पोखरा दोस्रो स्थानको धनगढी एफसीभन्दा एक अंकले मात्र पछाडि छ । दोस्रो स्थानको धनगढीले भने तीन खेलबाट सात अंक जोडेको छ  

इलामको भने यो प्रतियोगिताको तेस्रो हार हो । चार खेलमध्ये एकमा जित निकालेको इलाम तीन अंकसहित तालिकाको छैटौँ स्थानमा छ ।

Ilam_Pokhara2-1701868708.jpg

प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  १८:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro