site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एनसेल बिक्रीबारे सरकारले भन्यो– छानबिन हुँदै छ, अनियमितता भए कडा कारबाही हुन्छ

काठमाडौं । सरकारले एनसेलको सेयर खरिदबिक्रीबारे अध्ययन भइरहेको जनाएको छ । सरकारी प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मंगलबार एक विज्ञप्तिमार्फत एनसेलको सेयर खरिदबिक्रीबारे प्रचलित कानुनी प्रावधान तथा अन्तर्राष्ट्रिय विधि र प्रक्रियाको पालनामा रहेर विस्तृत अध्ययन गरिने बताएकी हुन् ।

"यस्ता क्रियाकलापबाट नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा नेपाल सरकारको राजस्व लगायतका विषयमा पर्ने प्रभावका बारेमा विस्तृत अध्ययन तथा छानबिन गर्ने छ," विज्ञप्तिमा भनिएको छ ।

Dabur Nepal
NIC Asia

सरकारले अध्ययन तथा छानबिनबाट कुनै प्रकारको अनियमितता भएको पाइए कानुनबमोजिम कडा कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।

मन्त्री शर्माका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सोमबार नै छानबिनका लागि निर्देशन दिइसकेका छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  २१:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro