राजनीति

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को राष्ट्रिय महाधिवेशनको नयाँ मिति तोकिएको छ ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकबाट आउँदो जेठ ३ देखि ७ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरिएको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।
महाधिवेशन काठमाडौंमा गरिनेछ । यसअघि, माघको १४–१८ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरिएको थियो ।
त्यस्तै, मंसिरको २८ र २९ गते सचिवालय बैठक बस्नेछ । पुसको ९ गते स्थायी, पुस १० गते पोलिट्ब्युरो, पुस ११ र १२ गते केन्द्रीय कमिटी बैठक बस्ने उनले बताए ।
प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८० १४:५६
प्रतिक्रिया दिनुहोस्