site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
जाहेरवाला र सरकारी वकिलको बहस सकियो, बुधबार फैसला आउन सक्ने 
Sarbottam CementSarbottam Cement

काठमाडौँ । रुकुम पश्चिमको सोती घटना प्रकरणमा रुकुम जिल्ला अदालतमा अन्तिम सुनुवाइ जारी छ । न्यायाधीश खड्कबहादुर केसीको इजलासमा आइतबार सुरु भएर हेर्दाहेर्दैमा रहेको मुद्दामा सोमबार खाजा समयअघि सरकारी वकिलको बहस सकिएको छ । 

श्रेस्तेदार मन्दीरा शाहीका अनुसार खाजा समयपछि प्रतिवादीहरूका वकिलको बहस सुरु भएको छ । मंगलबारसम्म प्रतिवादीतर्फका वकिलको बहस सकिएपछि सरकारी वकिलले जवाफी बहस गर्नेछन् । नियमित सुनुवाइ हुँदा बुधबारसम्म फैसला आउने अपेक्षा गरिएको श्रेस्तेदार शाहीले जानकारी दिइन् । 

Prabhu Bank
Agni Group
NIC Asia

२०७७ जेठ १० मा रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ मा पर्ने सोतीमा ६ जना युवाको हत्या भएको थियो । प्रेमिका लिन भनी जाजरकोटबाट रुकुम पश्चिम गएका नवराज विक तथा उनका साथीहरूको समूहलाई सोतीका स्थानीयले कुटपिटबाट हत्या गरी सेती नदीमा बगाइदिएको आरोपमा नेपाल सरकारले ३४ जनाविरुद्ध मुद्दा चलाएको छ । 

प्रेमिका भनिएकी किशोरीले हत्या भएको स्थानमा नपुगेको बयान दिएपनि निजकै कारण घटना भएको भन्दै प्रेमिका भनिएकी किशोरीमाथि समेत कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुतमा मुद्दा चलाइएको छ । २०७७ जेठ ३२ मा रुकुम पश्चिम जिल्ला अदालतमा दर्ता भएको मुद्दामा प्रतिवादीको संख्या बढी हुँदा सुनुवाइमा लामो समय लागेको हो । 

Global Ime bank

मुद्दा दर्ता भएको ३६ महिनामा निरन्तर सुनुवाइ सुरु भएको हो । पदमबहादुर बुढा, शोभे नेपाली लगायतको जाहेरीका आधारमा प्रहरी अनुसन्धान भइ नेपाल सरकारले ३४ जनालाई ज्यान मारेको मुद्दामा जन्मकैद, जातीय तथा अन्य सामाजिक छुवाछुत तथा भेदभावको कसुरमा तीन वर्षसम्म कैद र दुई लाख रुपैयाँसम्म जरिबाना तथा ज्यान मार्ने उद्योगमा संलग्नहरूको हकमा १० वर्षसम्मको कैद सजायको मागदाबी लिइएको छ । 

नवराज विक दलित केटा भएकाले पटकपटक घरमा आउने गरेको कुरा परिवारका सदस्यहरूलाई मन नपरेको र आएमा मारिदिनेसम्मको योजना घरमा बनेको बयान नवराजकी पे्रमिका भनिएकीका दाइले दिएका थिए । प्रेमिकाले भने पहिले दलित भन्ने थाहा नभएको तर पछि दलित रहेको थाहा पाएपछि सम्बन्ध तोड्न चाहेपनि आफूसँग विवाह गर्न दबाब दिएको बताएकी थिइन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  १६:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement