site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘कमेडी च्याम्पियन सिजन–३’ मंसिर २५ देखि प्रसारण हुँदै
Tiktok banner adTiktok banner ad

काठमाडौं । स्ट्यान्डअप कमेडीको रियालिटी शोज ‘कमेडी च्याम्पियन सिजन–३’ यही महिनाको अन्तिमबाट प्रसारण हुने भएको छ । शोज प्रसारणको अन्तिम तयारी भइरहेको निर्देशक विशाल भण्डारीले जानकारी दिए । 

असोज महिनाबाटै शोज प्रसारण गर्ने भनिए पनि केही ढिलो भएको उनले बताए । 

“शोज प्रसारणको अन्तिम तयारी भइरहेको छ । यही मंसिरको २५ गतेबाट प्रशारण गर्ने तयारी छ,” निर्देशक विशाल बाह्रखरीसँग भन्छन्, “यदि यो मितिमा प्राविधिक कारणले प्रसारण सम्भव भएन भने पुस २ गतेबाट प्रसारणमा आउनेछ ।” 

फिजिकल अडिसनमा गत वर्षजस्तै २४ जनाको प्रस्तुति प्रसारण गर्ने सम्भावना रहेको उनको भनाइ छ । “कति जनाको प्रस्तुति फिजिकल अडिसनमा देखाउने त्यो छलफल भइरहेको छ । गतवर्ष डिजिटल अडिसनबाट आएकामध्ये २४ जना फिजिकल अडिसनमा छनोट भएका थिए । यो वर्ष पनि करिब त्यस्तै संख्या होला,” उनले भने । 

विशालले निर्देशन गर्ने शोजको निर्णायकमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा छन् । 

‘कमेडी च्याम्पियन’को सिजन–१ को विजेता हिमेश पन्त हुन् भने दोस्रो सिजन भरतमणि पौडेलले जितेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  १४:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro