site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
यूएसएआईडीले संक्रामक रोग रोकथाम गर्न नेपाललाई ८९ करोड उपलब्ध गराउने

काठमाडौं । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी)ले नयाँ संक्रामक रोग रोकथाम गर्न नेपाललाई ८९ करोड रुपैयाँ आर्थिक सहायतास्वरूप उपलब्ध गराउने भएको छ । उक्त रकम यूएसएआईडीले विश्व स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत नेपाललाई तीन वर्षमा उपलब्ध गराउनेछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र यूएसएआईडीले आइतबार विश्व स्वास्थ्य सुरक्षा कार्यक्रमको संयुक्त रूपमा सुरुआत गरेका छन् ।

Dabur Nepal
NIC Asia

“यो कार्यक्रम नयाँ संक्रामक रोगहरू रोकथाम गर्ने, पत्ता लगाउने र तीविरुद्ध द्रुत रूपमा प्रतिकार्य गर्ने नेपाल सरकारको क्षमतालाई सुदृढ बनाउनका लागि गरिएको साझेदारी हो,” काठमाडौंस्थित अमेरिकी दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

स्वास्थ्य सुरक्षा र महामारीको पूर्वतयारीलाई विश्वव्यापी रूपमै सुदृढ पार्ने जो बाइडेन प्रशासनको लक्ष्यको एक हिस्सास्वरूप यो साझेदारी अघि बढाइएको दूतावासले जनाएको छ ।

विश्व स्वास्थ्य सुरक्षा कार्यक्रममार्फत नेपालमा ‘वन हेल्थ प्लेटफर्म’ र निगरानी प्रणालीलाई सुदृढ बनाउन यूएसएआईडीले मन्त्रालयलाई कोष उपलब्ध गराउने विज्ञप्तिमा जनाइएको छ ।

दूतावासका अनुसार यूएसएआईडीले विश्व स्वास्थ्य संगठन र खाद्य तथा कृषि संगठनमार्फत पनि काम गर्नेछ ।

“यो कार्यक्रम नेपालीको स्वास्थ्य तथा सुरक्षा सुनिश्चित गर्ने दिशामा एउटा महत्त्वपूर्ण अग्रगामी कदम हो र यसले विश्व स्वास्थ्य तथा महामारीको पूर्वतयारीप्रति यूएसएआईडीको जारी प्रतिबद्धतालाई प्रतिविम्बित गर्छ,” यूएसएआईडीको एसिया ब्युरो हेर्ने सहायक प्रशासक माइकल शिफरले भने ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  १४:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro