site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्कुल बसको ठक्करबाट दुईजनाको मृत्यु, एक घाइते 

काठमाडौं । रुपन्देहीमा स्कुल बसको ठक्करबाट आज बिहान दुईजनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् ।

मृत्यु हुनेमा २१ वर्षीय मोहम्मद इर्साद र २१ वर्षीया रुक्सना खातुन छन् । वर्ष २१ कै अप्सरा खातुन घाइते भएको र उनको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी मनोहर भट्टले बाह्रखरीलाई जानकारी दिए । 

डीएसपी भट्टका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ४ महुवारीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको घटनास्थलमै मृत्यु भएको हो ।

सिद्धार्थ बोर्डिङ स्कुलको लु १ क १७७८ नम्बरको बसले लु ३७ प ८४८२ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा उक्त हताहत भएको हो । 

 

 

 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर १६, २०८०  ११:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro