site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पहिचानको विषय संवादबाट समाधान गर्न कोसी प्रदेश प्रमुखको सुझाव

विराटनगर । प्रदेशको नामकरणलाई लिएर उठेको पहिचानको विषयमा कोसी प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुख पर्शुराम खापुङबीच छलफल भएको छ ।

चालु आर्थिक वर्षको अध्यादेशमार्फत आएको बजेट प्रतिस्थापन विधेयकमार्फत पारित भएपछि मुख्यमन्त्री कार्की शुक्रबार मुख्यमन्त्रीसँग छलफल गर्न पुगेका थिए । मुख्यमन्त्री कार्कीले पहिचानलाई भाषा, संस्कृति र परम्परालाई एकै ठाउँमा राखेर हेरिनुपर्ने बताए । कोसी नामकरण भएपछि पहिचानवादीले त्यसको विरोधमा संघर्ष गर्दै आएका छन् ।

पहिचानको मुद्दालाई राजनीतिक फाइदासँग जोडेर हेर्न नहुने भन्दै उनले बजेटले प्रदेशको समग्र पहिचानलाई समेट्ने प्रयास गरेको दाबी गरे ।

“प्रदेश सरकारले फाल्गुनन्द भाषा संस्कृति अध्ययन केन्द्र स्थापना गरी प्रदेशमा रहेका सबै भाषा संस्कृतिको विकास गर्ने योजना बनाएको छ,” उनले भने ।

तुवाचुङ र खुवालुङ जस्ता सांस्कृतिक महत्त्वका क्षेत्रको एकीकृत विकासका लागि सरकारले ठोस योजना बनाएको कार्कीले प्रदेश प्रमुख खापुङलाई जानकारी गराए । 

प्रदेश प्रमुख एउटा ‘सेरमोनियल’ मात्र नभई प्रदेशको अभिभावक भएको कार्कीले बताए । उनले भने, “बाहिरी संस्कृतिले आक्रमण गरिरहेको अवस्थामा समाजमा रहेको मौलिक संस्कृति जोगाउन चुनौती बढेको छ ।” 

प्रदेश प्रमुख खापुङले बजेट कार्यान्वयनलाई मसिनो रूपमा हेर्न आग्रह गर्दै यसको जटिल पक्षमा समेत ध्यान दिन सुझाव दिए । पहिचानको मुद्दालाई वार्ता तथा संवाद र सहकार्यको माध्यमबाट सरकारले समाधान गर्नेमा आफू विश्वस्त रहेको बताए । 

आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारीमा रहेका मुख्यमन्त्री कार्कीले मंसिर १३ गते प्रदेश सभाबाट सर्वसम्मत पारित भएको बजेटमा उल्लेखित कार्यक्रमबारे प्रदेश प्रमुखलाई जानकारी गराएका थिए । बजेटले भौतिक विकाससँगै मानवीय विकासलाई प्राथमिकता दिएको जानकारी गराए ।

बजेटमा १० वर्षसम्मका बालबालिकाको निःशुल्क उपचार, तमोरको पानी धरान ल्याउने, धुलो दुध र घिउ निर्यातमा अनुदान, हात्तीमैत्री जंगल, इटहरीमा प्रादेशिक जलन अस्पताल निर्माणलगायत कार्यक्रम ल्याइएको कार्कीले खापुङलाई जानकारी गराए । 

सरकारले विराटनगरमा शैलजा आचार्य हृदय रोग उपचार केन्द्र सञ्चालन गर्ने, भूमिहीन तथा सुकुम्वासीले घडेरी खरिद गर्ने प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जाको ब्याज मिनाह गर्ने कार्यक्रम ल्याएको छ । २५ लाख रुपैयाँ भन्दामाथिका योजनालाई सरकारले समेटेको छ । यसैगरी हरेक पालिकाबाट कृषिपशु क्षेत्र र चिकित्सा अध्ययनका लागि छात्रवृत्ति जस्ता कार्यक्रम घोषणा गरिएको छ । 

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  १९:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro